कीवर्डहरू -

ट्वीचले यौन र लागुपदार्थ जनाउने यूजरनेम राखेमा प्रतिबन्ध लगाउने

ट्वीचले यौन र लागुपदार्थ जनाउने यूजरनेम राखेमा प्रतिबन्ध लगाउने

ट्वीचले यौन र लागुपदार्थ जनाउने यूजरनेम राखेमा प्रतिबन्ध लगाइदिने नयाँ नीति सार्वजनिक गरेको छ । कुनै पनि नराम्रो भाषा प्रयोग गर्ने, हत्याको कुरा रहेको यूजरनेमहरु पनि एपबाट प्रतिबन्धित रहेका छन् ।

एपले धेरै अनैतिक यूजरनेमहरुलाई डिलिट पनि गरिदिइसेकेको छ । प्रयोगकर्ताहरुलाई मार्च १, २०२२ सम्म एपले यूजरनेम परिवर्तन गर्ने समय पनि दिएको छ ।

आफ्नो नाम रिसेट गर्नका निम्ति एपले टूलको निर्माण गरेको छ । मेशिन लर्निगंको प्रयोग गरेर तपाईको यूजरनेमलाई जाँच गरिनेछ ।

नाम रिसेट गरेर तपाईको अकाउन्टको सब्सक्राइबर, हिस्ट्री, फलो आदिलाई कुनै फरक नपर्ने पनि ट्वीचले बताएको छ ।