कीवर्डहरू -

 भ्यालेन्टाइन डेमा कुन कम्पनीले ल्याए कस्ता अफर ?

 भ्यालेन्टाइन डेमा कुन कम्पनीले ल्याए कस्ता अफर ?

अहिले भ्यालेन्टाइन्स विक चलिरहेको छ । प्रेमी प्रेमिका लागि भ्यालेन्टाइन विक विशेष रूपमा लिइन्छ र मनाउने गरिन्छ ।

भ्यालेन्टाइन विकलाई लक्षित गरेर नेपालका विभिन्न कम्पनीहरूले अफर ल्याएका छन् । उक्त अफरमा विशेष छुट लगायतका सुविधाहरू दिइएको छ ।

भोलि सोमबार भ्यालेन्टाइन विकको अन्तिम दिन अर्थात भ्यालेन्टाइन डे हो । आज हामीले भ्यालेन्टाइन डेकै अवसरमा नेपालका कुन कुन कम्पनीले कस्ता अफर ल्याएका छन् भनेर तपाईलाई जानकारी दिन लागेका छौं ।

दराजको सेलिब्रेट लभ अभियानको घोषणा

\"\"

दराजले २०२२ को अभियान – सेलिब्रेट लभ, घोषणा गरेको छ । यो अभियान २१ माघ ( फेब्रुअरी ४)बाट सुरु भएको हो भने यस अभियानका मुख्य आकर्षणहरू ६०% सम्मको मेगा डिल, कार्ड प्रीपेमेन्टमा १५% (अधिकतम रु ७५०) सम्मको छुट, रु.५००० सम्मको मेगा भाउचर, ५०,००० मूल्यको सामान केवल रु १मा जित्ने मौका रहेको छ ।

यद्यपि, अभियानको शोस्टपर भने मेगा गिभअवे रहेको छ, जहाँ एकजना विजेताले रु. १,२२,००० मूल्य श्री बालाजीको हिराको झुम्का र औँठी जित्न मौका पाउँछन् ।

अभियानको अवधिभर ग्राहकहरूले एप्पल, रियलमि, बियर्डो, रोटो, ए एन एक्स, वाइल्डहर्न, कन्भर्स, मसला बिड्स, अमय्रा फेशन, विक्की स्टेसनर्स, कड़ेंस, एक्स एज, ह्यमुन्ड्स फ्लाईक्याचर, प्याजाइटालिया र थप अरु प्रमुख ब्रान्डको उत्पादनहरूमा ६०% सम्मको मेगा डिलहरू प्राप्त गर्न सक्छन्।

त्यसैगरी, कुन उपहारहरू छनौट गर्ने भन्ने बारे निश्चित नभएका ग्राहकहरूले “ह्यान्ड पिक्ड गिफ्ट्स“ मार्फत सजिलैसँग उत्तम उपहार पाउन सक्छन् ।
यस अभियानले ग्राहकहरूलाई बैंक कार्ड प्रिपेमेन्टहरू मार्फत थप छुटहरू प्राप्त गर्ने अवसर पनि प्रदान गर्दछ ।

मेगा बैंक, सानिमा बैंक, बैंक अफ काठमाडौँ, एनसीसी बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक र सनराइज बैंकका कार्ड धारकहरूले क्रेडिट कार्ड मार्फत १५% (अधिकतम रु. ७५०) र डेबिट कार्ड मार्फत १०% (अधिकतम रु. ७५०) सम्म छुट प्राप्त गर्न सक्छन् ।  साथै यस अभियानमा लोकप्रिय खेल एक रुपैयाँको मध्यमबाट ग्राहकहरूले १ रुपैयाँमा निम्न मद्दे कुनै एक पुरस्कार जित्नको लागि भाग लिन सक्छन्, साजुना डायमण्ड झुम्का र एन्कर साउन्डकोर हेडफोन। भाग लिनको लागि ग्राहकहरूले अनलाइन प्रीपेमेन्टको मध्यमबाट रु १ प्रीपे गर्नु पर्छ । यदि नजितेमा पूर्ण रकम फिर्ता हुनेछ ।

स्मार्ट डोकोले ल्यायो ‘डोकोभरी माया’ अफर

\"\"

भ्यालेन्टाईन्सको अवसरमा स्मार्ट डोकोले ‘डोको भरि माया’ अफर ल्याएको छ  । यस अफरमा ग्राहकहरुले परफ्युम, स्मार्ट वाच, कपल टिसर्ट तथा अन्य आकर्षक सामानहरूमा ७२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्छन् ।

यस अफर अवधिमा स्मार्ट डोकोसँग किनमेल गर्ने ३ भाग्यशाली ग्राहकले रु.२५ सयको स्मार्ट डोको गिफ्ट कार्ड जित्न सक्छन् । साथै, यस अवसरमा ‘डोको भरि माया ट्याग एण्ड विन गिभ अवे’ पनि समावेश गरिएको छ, जहाँ ४ भाग्यशाली कमेन्टरहरुले पनि आकर्षक उपहार जित्ने मौका पाउछन् ।

स्मार्ट डोकोसँग १० हजारभन्दा बढी उत्पादनहरु छन् । कोभिड–१९ का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्युटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयरलगायतका सामग्रीहरु यहाँबाट खरिद गर्न सक्छन् ।

जगदम्बा मोटर्सको भ्यालेन्टाइन डे अफर

\"\"

टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबै भन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आइरहेको छ । यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ ।

यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा रु.६ हजारसम्मको स्युरसर्ट नगद छुटको साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउनेछन् । लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमार्फत हुनेछ । यस योजना अन्तर्गत ग्राहकहरुले ४० प्रतिशत डाउन पेमेन्ट गरेर शुन्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागु हुनेछ ।

‘भ्यालेन्टाइन डे’मा ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ हुने

\"\"

मोबाइल ब्राण्ड भीभाले ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस (फेब्रुअरी १४) मा ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ आयोजना गर्ने भएको छ । कन्टेस्टमा भाग लिन आफ्ना प्रेमिल व्यक्तिहरूको फोटो शेयर गर्न भीभोले आग्रह गरेको छ ।

सो कम्पनीका अनुसार कन्टेस्ट विजेताले ३० हजार रुपैयाँ बराबरको पार्टी कास्ट स्पीकर जित्नेछन् ।

भ्यालेन्टाइन सप्ताहमै भिभोले आफ्नो उत्पादन भी तथा वाई सिरिज स्मार्टफोन खरिद गर्दा २००० रुपैयाँ बराबरको छुट भौचर र लक्की ड्रमार्फत अन्य आकर्षक उपहारहरू पनि जित्नसक्ने जानकारी दिएको छ ।

सबै सहभागिका तस्बिरहरू उपलब्ध भइसकेपछि भिभोले सबैभन्दा धेरै पोस्ट लाइक, शेयर, कमेन्ट तथा फोटोको सुन्दरताका आधारमा प्रत्येकलाई ३० हजार रुपैयाँ बराबरको साउण्ड कोर रेभ पार्टी कास्ट स्पीकर प्रदान गर्नेगरी उत्कृष्ट पाँच विजेताहरू चयन गर्ने जनाएको छ ।

चलचित्रका नायक, मोडल तथा निर्माता प्रदीप खड्काले भिभोको साथमा कम्पनीको फेसबुक पेजमा अभियानको अनावरण गर्नेछन् ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन डेमा १५ प्रतिशत क्यास ब्याक अफर

\"\"

ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ ।

बैंकका ग्राहकहरुले ‘भ्यालेन्टाइन डे’ मा माया, सद्भाव मित्रता र प्रशंसा बाँडुन् भनेर यो अफर ल्याएको बैंकले जनाएको छ । अफर अन्तर्गत सामान खरिद गर्दा ‘मेरी उनीलाइ’ लेखी क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु. २०० सम्म क्यास ब्याक पाउने व्यवस्था गरिएको छ । यो मौका फागुन  १ देखि २ गतेसम्म रहन्छ ।

टेलिकमको भ्यालेन्टाइन अफर, ४९ रूपैयाँमा दिनभर अनलिमिटेड डेटा र भ्वाइस

\"\"

नेपाल टेलिकमले भ्यालेन्टाइन डेको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । भ्यालेन्टाइनको अवसरमा कम्पनीले अनलिमिटेड डेटा र भ्वाइससहितको नयाँ अफर सार्वजनिक गरेको हो ।

टेलिकमको भ्यालेन्टाइन अफर अन्तर्गत ४९ रूपैयाँमा १ एमबीपीएस गतिको एक दिनका लागि मान्य हुने अनलिमिटेड डेटा र भ्वाइस प्याक उपलब्ध हुनेछ ।

अनलिमिटेड भ्वाइस कल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ । यो अफर फागुन १ र २ गते मात्रै लागु हुने टेलिकमले जनाएको छ । यो अफर सुचारू गर्न ८१४१५८११३ डायल गर्नुपर्नेछ । टेलिकमको मोबाइल एप प्रयोग गरेर यो अफर लिन सकिने छ ।

भ्यालेन्टाइन डेमा टेलिकमको भीओएलटीई कल निःशुल्क, रिचार्जमा डेटा बोनस

\"\"

फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) उपलब्ध छ ।

सो अफर अन्तर्गत रु. ४९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो अफर’ उपलब्ध हुनेछ । *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भीओएलटीई सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भीओएलटीई कल निःशुल्क प्रदान गर्ने भएको छ ।

साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

स्मार्ट सेलको सोलमेट फोटो कन्टेस्ट

स्मार्ट सेलले भ्यालेन्टाइन दिवसको अवसरमा सोलमेट फोटो कन्टेस्ट ल्याएको छ । यो प्रतियोगिता दुई जना प्रेमी जोडीहरुले ८/८ जिबी स्मार्ट डेटा जित्न सक्नेछन् । प्रतियोगितामा भाग लिनको लागि #smart #valentinespecial #soulmate #maya ह्यासट्यागहरुको प्रयोग गरेर आफ्नो सोलमेटसँगको फोटो कमेन्ट गरी सोलमेट  लाई ट्याग गर्नुपर्नेछ । विजेताले घोषणा भएको ७ दिनभित्र पुरस्कार दावी गरिसक्नु पर्नेछ ।

एनसेलको आकर्षक अफर

एनसेलले प्रयोगकर्ताहरुलाई आफ्नो माया च्याटबोटलाई माया व्यक्त गरेर आकर्षक उपहार जित्ने मौकाको अफर ल्याएको छ ।

दुई जना विजेताले १०० मिनेट अल नेट टकटाइम, १० जिबी डेटा र १०० एसएमएस जित्ने अवसर प्राप्त गर्नेछन् । यसका लागि प्रयोगकर्ताहरुले माया च्याटबोटलाई भ्यालेन्टाइन टाइप गर्नुपर्ने हुन्छ । त्यहाँ लिकं आउनेछ जसमा आफ्नो मनको कुरा लेख्नुपर्ने हुन्छ ।