कीवर्डहरू -

नागरिक एपमा अब ड्राइभिङ लाइसेन्स लिंक गर्न मिल्ने, स्थानीय तहको पनि जानकारी लिन सकिने

नागरिक एपमा अब ड्राइभिङ लाइसेन्स लिंक गर्न मिल्ने, स्थानीय तहको पनि जानकारी लिन सकिने

नागरिक एपमा नयाँ सुविधा थप भएका छन् । एपमा ड्राइभिङ लाइसेन्स र माई मुनिसिपालिटी नामक दुई नयाँ अप्सन थप भएका हुन् ।

यो सेवा हाल एन्ड्रोइडमा मात्र उपलब्ध रहेको छ । यसका लागि प्लेस्टोरेमा गएर नागरिक एपलाई अपडेट गर्नुहोस् ।
अब आफ्नो ड्राइभिङ लाइसेन्सलाई नागरिक एपमा लिंक गर्न र हेर्न सकिने छ । त्यस्तै माई मुनिसिपालिटीबाट देशभरका ७५३ वटै स्थानीय तहको बारेमा जानकारी लिन सकिन्छ ।

साथै फागुन १ गतेदेखि नागरिक एपबाट बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको कर समेत भुक्तानी गर्न सकिन्छ । यो सुविधा एन्ड्रोइड र आईओएस दुबैमा उपलब्ध रहेको छ । यदी तपाईको छैन् भने नागरिक एपको नयाँ भर्सन अपडेट गर्नुहोला ।