कीवर्डहरू -

अब खल्तीबाटै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल तिर्न सकिने

अब खल्तीबाटै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल तिर्न सकिने

काठमाडौँ बासीले लामो समय देखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अब खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएको छ ।

व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको छ ।

त्यति मात्र हैन, ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समय मै गरि रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको यो सेवा काठमाडौँका बासिन्दाहरुले वर्षौ देखि पर्खि आएका छन् र यस सेवालाई हामीले डिजिटल रूपमा  दिन पाउँदा धेरै उत्साहित  छौं।’

‘खल्ती’बाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाकि भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ । त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्ट बाट भुक्तानी गर्न सकिनेछ ।