कीवर्डहरू -

अक्सिजन ओएस १३ सार्वजनिक गर्दै वानप्लस

अक्सिजन ओएस १३ सार्वजनिक गर्दै वानप्लस

वानप्लसले अक्सीजन ओएस १३ सार्वजनिक गर्ने भएको छ । यो एन्ड्रोइड १३ मै आधारित हुनेछ । पहिले वानप्लसले ओप्पोसँग ओएसको सहकार्य गरेर अक्सीजन ओएस ल्याउने भनेको थियो तर अब यस्तो नभएको जस्तो देखिन्छ ।

सन् २०२२ मा पनि वानप्लसले वानप्लस टेन प्रो सार्वजनिक गर्दा आफ्नै कलर्स ओएस मात्रै प्रयोग गर्याे । कम्पनीले ओप्पोसँगको एकीकृत गरिएको यूनिफाइड ओएस अक्सीजन ओएस गर्नुपर्ने थियो तर त्यस्तो नगर्नुले दुई कम्पनीले एकीकृत ओएस सार्वजनिक नगर्ने देखिन्छ ।

ओएस १३ सार्वजनिक गर्नका लागि वानप्लसले ओपन ईयर फोरम कार्यक्रम गर्नेछ । सो कार्यक्रममा १५ जना अतिथीले मात्रै सहभागीता जनाउन पाउनेछन् ।