कीवर्डहरू -

एप्पल वर्ल्डमा ‘भ्यालेन्टाइन डे’ अफर, नयाँसँग पुरानो मोबाइल साट्न पाइने

एप्पल वर्ल्डमा ‘भ्यालेन्टाइन डे’ अफर, नयाँसँग पुरानो मोबाइल साट्न पाइने

एप्पल वर्ल्ड मोबाइलले ‘भ्यालेन्टाइन डे’ अवसरमा नयाँ तथा पुराना मोबाइल ‘एक्सचेञ्ज अफर’ ल्याएको छ । कम्पनीले एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी नयाँ मोबाइल दिने भएको हो ।

एप्पल वर्ल्ड मोबाइल दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा छ । प्लाजास्थित कार्यालयमा सञ्चालन हुने उक्त अफरमा १० हजारदेखि दुई लाख ७५ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइलहरू एक्सचेञ्ज तथा खरिद गर्न सकिने सो कम्पनीले जानकारी दिएको छ ।

कम्पनीकाअनुसार यो अफल एप्पल, सामसङ, नोकिया, साओमी, वन प्ल, भिभो, ओप्पो र कूलप्याड लगायत मोबाइलहरूमा लागू हुनेछ ।

यो अफरमा मोबाइल एक्सचेञ्ज गर्न आउने ग्राहकले नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा ल्याउनुपर्ने एप्पल वर्ल्डले जनाएको छ । साथै मोबाइल खरिद वा एक्सडेन्ज गर्दा मोबाइलको मूल्य अनुसारको हेडफोन, स्पीकर, इयरफोन, इयरपड लगायतका उपहारहरू निशुल्क पाइने छ ।

यो अफर फागुन १ गतेदेखि एक सातासम्म सञ्चालन हुने छ । यहाँ सेवाग्राहीले किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा मोबाइल तथा अन्य उपकरणहरू खरिद गर्न सक्ने छन् ।

कम्पनीले ६० मिनेटभित्रै जस्तोसुकै समस्या भएका मोबाइलहरूको मर्मत गर्ने सुविधा ‘६० मिनेट फेस टू फेस सर्भिस’ पनि उपलब्ध गराउँदै आएको छ ।