कीवर्डहरू -

ग्यालेक्सी एस एटको माग धेरै आएपछि प्रिअडर बन्द

ग्यालेक्सी एस एटको माग धेरै आएपछि प्रिअडर बन्द

अमेरिकामा ग्यालेक्सी एस एटको धेरै मात्रामा माग आएपछि केही समयका लागि प्रिअडर बन्द गरिएको छ । ल्यापटपको सट्टामा फोन प्रयोग गर्न सकिने हुँदा यो ट्याबको माग धेरै बढी भएको हो ।

अहिले प्रयोगकर्ताहरु सामसङ डटकममा गएर प्रिअडर गर्न खोज्दा सिमीत अप्सन रहेको देखाउने गर्दछ । सार्वजनिक भएको ४८ घण्टामानै एकदमै धेरै अर्डर आउन सुरु भईसकेको थियो ।

सामसङको ग्यालेक्सी ट्याब एस एट गत बुधबार आयोजना गरिएको अनप्याक्ड इभेन्टमा सार्वजनिक गरिएको थियो ।

एस एटको तीन ओटै मोडेलमा ४ न्यानोमिटरको चिप रहेको छ जुन स्नापड्रागन ८ जेन १ चिप हो । ट्याबमा अहिलेसम्मै प्रयोग गरिएको मध्य सबैभन्दा छिटो चल्ने प्रोसेसर यसमा प्रयोग गरिएको हो ।

यसमा १३ मेगापिक्सेलको डुअल रियर क्यामेरा, ६ मेगापिक्सेलको अल्ट्रा वाईड क्यामेरा र फ्लास यूनिट पनि प्रयोग गरिएको छ । क्यामेराले फोर के भिडियो रेर्कडिङलाई सपार्ट गर्छ ।

ग्यालेक्सी ट्याब एस एटमा १२.४ इन्चको एएमओएलईडी स्क्रीन छ र ग्यालेक्सी ट्याब अल्ट्रामा १४.६ इन्चको एएमओएलईडी स्क्रीन रहेको छ । ग्यालेक्सी ट्याब र ग्यालेक्सी ट्याब अल्ट्रामा एसपेन सपोर्ट पनि छ ।

ग्यालेक्सी ट्याब अल्ट्रा ११ हजार २०० एमएएचको ब्याट्रीसँग उपलब्ध भएको छ । त्यस्तै ग्यालेक्सी ट्याब ८ हजार एमएएचको ब्याट्री र ग्यालेक्सी ट्याब प्लस १० हजार ९० एमएएचको ब्याट्रीसँग आउँछ । तीन ओटा मोडेलको ७०० डलर, ९०० डलर र ११०० डलर पर्ने गर्दछ ।