कीवर्डहरू -

फ्री फायर, अलिबाबा लगायत ५२ चिनियाँ एपमा भारतको प्रतिबन्ध

फ्री फायर, अलिबाबा लगायत ५२ चिनियाँ एपमा भारतको प्रतिबन्ध

भारतले ५४ ओटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ । भारतले राष्ट्रिय सुरक्षामा समस्या सिर्जना गर्न सक्ने भनेर फ्री फायर, टेनसेन्ट, अलिबाबा र नेटइज जस्ता एपहरु माथि प्रतिबन्ध लगाएको छ ।

यी एपहरु भारतको सूचना प्रविधि ऐन सेक्सन ६९ ए अन्तर्गत प्रतिबन्धित गरिएका भारतले जनाएको छ । भारतले सन् २०२० मै प्रतिबन्ध लगाएको एपहरु, जसले आफूलाई रिब्राण्ड गरेका छन् त्यस्ता एपहरु माथि पनि पुनः प्रतिबन्ध लगाएको छ ।

दुई देश बिच सीमा मामिलामा फेरि समस्या आएका कारणले यो कदम उठाइएको हो । त्यस्तै अरु प्रतिबन्धित एपमा स्वीट सेल्फी एचडी, ब्युटी क्यामेरा, सेल्फी क्यामेरा, भिभा भिडियो एडिटर, टेनसेन्ट एक्सराइभर, अनमियोजी एरिना, एप लक र डुअल स्पेस लाइट जस्ता एपहरु रहेका छन् । अहिलेसम्म भारतले ३२१ ओटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाइसकेको छ ।