कीवर्डहरू -

क्रिप्टो र हाईपर फण्डको कारोबार गरे कारवाही गर्ने सीआईबीको चेतावनी, संलग्नको सूचना दिन आग्रह

क्रिप्टो र हाईपर फण्डको कारोबार गरे कारवाही गर्ने सीआईबीको चेतावनी, संलग्नको सूचना दिन आग्रह

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले क्रिप्टोकरेन्सी, हाईपर फण्ड, डिजिटल नेटवर्किङ लगायतका कारोबार गरे कारवाही गर्ने चेतावनी दिएको छ ।

आईतबार एक सूचना प्रकाशित गर्दै सीआईबीले क्रिप्टोकरेन्सी, हाईपर फण्ड, डिजिटल नेटवर्किङ लगायतका कारोबार नेपालमा प्रतिबन्धित रहेको र कारोबार गरे कानूनी प्रक्रिया अगाडि बढाउने बताएको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ र विदेशी विनिमय (नियमति गर्ने) ऐन २०१९ बमोजिम भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी अन्तर्गतका कारोबार तथा डिजिटल नेटवर्किङ बिजनेस गैरकानूनी रहेको सीआईबीले जनाएको छ ।

सीआईबीको विज्ञप्तीमा भनिएको छ, ‘क्रिप्टोकरेन्सी, हाईपर फण्ड, डिजिटल नेटवर्किङ लगायतका कारोबार नेपालमा प्रतिबन्धित भई यस कार्यालयबाट समेत निगरानी भइरहेको र विगतमा संलग्न व्यक्तिहरू उपर अनुसन्धान गरी कारोवाही समेत भइसकेको हुँदा उक्त व्यवसायहरू सञ्चालन तथा कारोबार नगर्न नगराउन हुन एवं यससँग सम्बन्धित कुनै पनि क्रियाकलापमा संलग्न भए गरेको पाइएमा कडाईका साथ कानूनी कारवाहीको प्रक्रिया अगाडि बढ्ने व्यहोरा समेत सबैमा सूचित गरिएको छ ।’

साथै यस्ता गैर कानूनी क्रियाकलापमा संलग्न व्यक्ति वा संस्थाको बारेमा कुनै जानकारी भएमा सूचना उपलब्ध गराउन ब्यूरोले अनुरोध गरेको छ ।

\"\"