कीवर्डहरू -

त्रिभुवन विमानस्थलबाट यात्रा गर्दा अब पूर्ण विवरणसहितको टिकट देखाउनु पर्ने

त्रिभुवन विमानस्थलबाट यात्रा गर्दा अब पूर्ण विवरणसहितको टिकट देखाउनु पर्ने

अब त्रिभुवन विमानस्थलमा यात्रा गर्दा पूर्ण विवरणसहितको टिकट चाहिने भएको छ । यसअघि पीएनआर कोड देखाएर प्रवेश गर्दै आएकोमा अबदेखि पूर्ण विवरणसहितको टिकट अनिवार्य चाहिने भएको हो ।

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानबाट यात्रा गर्दा आउने कतिपय यात्रुले टिकटको पीएनआर कोड मात्र देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी यस्तो व्यवस्था गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालय गौचरले एक विज्ञप्ती जारी गर्दै फागुन ७ गतेदेखि काठमाडौंबाट अन्यत्र यात्रा गर्दा विमानस्थल प्रवेश गर्नु पूर्व अनिवार्य रूपमा पूर्ण विवरणसहितको टिकटको प्रिन्टेड कपी वा डिजिटल कपी देखाउनु पर्ने जनाएको हो ।

साथै टिकटमा उल्लेख भएको रिपोर्टिङमा समयमा अनिवार्य रूपमा विमानस्थलबाट प्रवेश गरिसक्न कार्यालयले अनुरोध गरेको छ ।

यसअघिको समाचारमा भुलबस गलत सूचना सम्प्रेषण भएकोमा हामी क्षमाप्रार्थी छौं । भुल सुधार गर्दै यो समाचारलाई पुनः अपडेट गरिएको छ- सम्पादक ।