कीवर्डहरू -

डिजिटल टिकटको पीडीएफ देखाएर विमानस्थलबाट यात्रा गर्न सकिने, पीएनआर कोडले मात्र प्रवेश नपाइने

डिजिटल टिकटको पीडीएफ देखाएर विमानस्थलबाट यात्रा गर्न सकिने, पीएनआर कोडले मात्र प्रवेश नपाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्दा पूर्ण विवरणसहितको डिजिटल कपी देखाए पनि यात्रा गर्न पाइने भएको छ । डिजिटल टिकटको पीडीएफ फाइल देखाएर पनि यात्रा गर्न सकिने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालय गौचरले एक विज्ञप्ती जारी गर्दै पूर्ण विवरण डिजिटल कपी देखाए पनि प्रवेश पाइने जानकारी दिएको हो ।

फागुन ७ गतेदेखि काठमाडौंबाट अन्यत्र यात्रा गर्दा विमानस्थल प्रवेध गर्नु पूर्व अनिवार्य रूपमा पूर्ण विवरणसहितको टिकटको प्रिन्टेड कपी वा डिजिटल कपी देखाउनु पर्नेछ ।

साथै टिकटमा उल्लेख भएको रिपोर्टिङमा समयमा अनिवार्य रूपमा विमानस्थलबाट प्रवेश गरिसक्न कार्यालयले अनुरोध गरेको छ ।

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानबाट यात्रा गर्दा आउने कतिपय यात्रुले टिकटको पीएनआर कोड मात्र देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी यस्तो व्यवस्था गरिएको हो ।

\"\"