फेसबुक एकदमै प्रख्यात सामाजिक सञ्जाल हो र यो प्लेटफर्म धेरैले प्रयोग गर्ने गर्दछन् । प्रयोगकर्ता बढने बित्तिकै अनावश्यक कमेन्ट गर्ने मान्छेको शङ्ख्या नि बढेर जान्छ ।
आज हामी त्यही कारणले फेसबुक पोस्टमा नचाहिँदो कमेन्ट गर्न बाट कसरी रोक्ने भन्ने बारे छलफल गर्नेछौँ ।
सर्वप्रथम फेसबुक एप वा वेबसाईट खोल्नुपर्छ र प्रोफाइल पेजमा जानुपर्छ । त्यसपछि कुन पोस्टको कमेन्ट बन्द गर्ने हो त्यो पोस्टमा जाने र माथिल्लो दायाँ भागमा रहेको तीन ओटा थोप्लामा थिच्नुपर्छ ।
यस पश्चात तपाईको पोस्टमा कसले कमेन्ट गर्न सक्छ भनेर छान्नुपर्ने हुन्छ । त्यहाँ पब्लिक, फ्रेण्ड्स र पिपल एण्ड पेजेज भन्ने अप्सन आउँछन् त्यसबाट आफ्नो फेसबुक साथीले मात्रै कमेन्ट गर्ने भए फ्रेण्ड्स छान्नुपर्छ ।
सबैले गर्न मिल्ने राख्ने भए पब्लिक क्लिक गर्नुपर्छ र त्यो पोस्टमा मेनसन वा ट्याग गरेको मान्छेले मात्रै कमेन्ट गर्न मिल्ने बनाउन पिपल एण्ड पेजेज भन्ने अप्सन सेलेक्ट गर्नुपर्छ ।