कीवर्डहरू -

शैक्षिक गुणस्तर बढाउँदै सैनामैना,सामुदायिक विद्यालयका १ सय ६० शिक्षकले पाए ल्यापटप

शैक्षिक गुणस्तर बढाउँदै सैनामैना,सामुदायिक विद्यालयका १ सय ६० शिक्षकले पाए ल्यापटप

विगतमा सामुदायिक विद्यालयका शिक्षकहरुलाई ‘एक शिक्षक एक ल्यापटप’ भन्ने कार्यक्रम प्रस्तुत गरेका रुपन्देहीको सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले आफ्नो प्रतिबद्धता पुरा गरेका छन् ।

उक्त कार्यक्रम अनुसार सैनामैना नगरपालिकाका १७ सामुदायिक विद्यालयका १ सय ६० शिक्षकले ल्यापटप पाएका छन् ।

ल्यापटप वितरण कार्यक्रममा उनले भने, ‘एक शिक्षक, एक ल्यापटप,एक कक्षाकोठा एक प्रोजेक्टर भयो भने, राम्रो हुन्छ भन्ने सुझाव आयो, सोही बमोजिम ल्यापटप वितरण गर्यौं र प्रोजेक्टरको प्रक्रिया अघि बढेको छ ।’

‘प्रविधिमा आधारित अपनत्व सहितको गुणस्तरीय शिक्षा,सैनामैनाको प्रतिबद्धता भन्ने नारा सहित कार्यक्रम प्रस्तुत गर्दै महत्वकांक्षी योजना मेयर कार्कीले अघि सारेका थिए ।