कीवर्डहरू -

प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरिदैं, इच्छुकले अनलाइनबाटै आवेदन दिन सक्ने

प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरिदैं, इच्छुकले अनलाइनबाटै आवेदन दिन सक्ने

काठमाडौं । देशका सबै स्थानीय तहमा सरकारले रोजगार संयोजक नियुक्ती गर्ने भएको छ । रोजगार संयोजक नियुक्त गरेर लाखौलाई रोजगार दिने योजनाअनूरुप यो प्रक्रिया थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार गरेकाे पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्मेलनमा जनाइएअनुसार शुक्रबारदेखि ७५३ वटै स्थानीय निकायमा रोजगार संयोजकको पदपुर्ति प्रक्रिया थालनी गर्ने जानकारी दियो । इच्छुकले अनलाइनबाटै आवेदन दिन सक्ने छन् । यसअघि गत पुस ९ मा मन्त्रिपरिषद् बैठकले यो पदको नियुक्तिका लागि तयार भएको मापदण्ड स्वीकृत गरेको थियो ।

सरकारले यो निर्णय कार्यान्वयनमा ल्याएसँगै हरेक नगरपालिका वा गाउँपालिकामातहत रहने गरी नायव सुब्बा र शाखा अधिकृत सो सरहको रोजगार संयोजक नियुक्त गरिने छ । यसका लागि मन्त्रालयले १० हजार भन्दा कम जनसंख्या भएका स्थानीय तहमा नायव सुब्बा सो सरहको र १० हजार माथि जनसंख्या भएका स्थानीय तहहरुमा शाखा अधिकृत सो सरहको अस्थायी कर्मचारी भर्ना गर्ने मन्त्रालयले जनाएको छ ।

उक्त कर्मचारीले सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृतको अधिनमा रहेर रोजगार सेवा केन्द्र सञ्चालन गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । रोजगार संयोजक नियुक्ति पूर्ण रुपमा स्वतन्त्र र निष्पक्ष बनाउन मन्त्रालयले सफ्टवेयरको प्रयोग समेत गर्ने जानकारी मन्त्रालयले दियो । निष्पक्ष बनाउनका लागि मन्त्रालयले तोकिएको न्युनम शैक्षिक योग्यताको लब्धांक प्रतिशतबापत ७० प्रतिशत, न्युनतम् भन्दा माथिको शैक्षिक योग्यता बापत २० र अनुभवको प्रमाणपत्रका आधारमा अंक १० गरी सफ्टवेयरले कर्मचारी छनौट गर्नेछ ।

रोजगार संयोजकको स्वीकृत अस्थायी दरबन्दीमा मन्त्रालयले एक वर्षमा लागि प्रदेशगत रुपमा खुला प्रतिष्पर्धाद्वारा करारमा पदपुर्ति गरी स्थानीय तहमा खटाउनेछ । संयोजकको सेवा सुविधा भने निजामति कर्मचारी सो सरह र सम्बन्धीत स्थानीय तहमा सरकारले तोकेअनुसारको भत्ता दिने मन्त्रालयले जनाएको छ ।