कीवर्डहरू -

गेमिङ स्मार्टफोन किन्नु अगाडि ध्यान दिनुपर्ने कुरा

गेमिङ स्मार्टफोन किन्नु अगाडि ध्यान दिनुपर्ने कुरा

गेमिङ फोन किन्ने सोचमा हुनुहुन्छ? यदि हो भने केही कुराहरुमा तपाईंले ध्यान दिनुपर्ने हुन्छ। बजारमा थ्रुप्रै फोनहरु उपलब्ध छन् ।

अहिले गेमिङकै लागि भनेर मोबाईलहरु बनाइएका पनि छन् । यी फोनहरुले अझ राम्रो गेमिङ प्रदर्शन प्रदान गर्ने लक्ष्य राख्छन्, ती क्षेत्रहरूमा फोकस गर्दै जुन अन्य भन्दा गेमरहरूलाई बढी महत्त्वपूर्ण हुन्छ ।

यदि तपाइँ गेमिङ फोन किन्न खोज्दै हुनुहुन्छ वा कुनै एक फोन जुन गेम खेलदा औसतमा अरु भन्दा राम्रो गर्न सक्द्छ, भने तपाईंले केही महत्वपूर्ण कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ।

प्रोसेसर र फिचर

गेम खेल्नको लागि फोन किन्दा विचार गर्नुपर्ने पहिलो र प्रमुख पक्ष भनेको प्रोसेसर र फोनको अन्य आन्तरिक कुराहरु हो। तपाईंको फोन छिटो हुनु आवश्यक छ ।

त्यसैले राम्रो पर्फर्मेन्सको लागि स्न्याड्रयागन ७०० सिरिज वा ८०० सिरिज जस्ता प्रोसेसर भएको फोन रोज्नुहोस् । तपाईंले मिडिया टेक डायमेन्सिटी सिरिज चिपहरू जस्तै डायमेन्सिटी १००० र डायमेन्सिटी १२०० पनि छनौट गर्न सक्नुहुन्छ ।

कम्तिमा ८ जीबी र्याम भएको मोबाईल लिनुहोला । साथै एप र गेमहरुको छिटो लोड समयको लागि UFS 2.2, UFS 3.0 वा UFS 3.1 स्टोरेज भएको फोन लिनु उपर्युक्त रहन्छ। युएफएसले एसएसडी लेभलको स्तोरेज मोबाईलमा प्रधान गर्दछ।

कूलिङ

यदि तपाईंको फोनले गेम चलाऊछ भने पक्कै नै त्यो तात्तिनेछ र यसको लागि तपाईंलाई राम्रो कूलिङ सिस्टम चाहिन्छ। गर्मीले तपाईको प्रोसेसरको कार्यसम्पादनलाई असर गर्न थालछ, जसलाई हामी थ्रॉटलिंग भन्दछौ। र गेमरहरू यो बाट टाढा रहन चाहन्छन।

गेमिङमा लक्षित धेरै फोनहरूमा भने डिभाइस भित्र कूलिङ मेकानिज्म रहेको हुन्छ।तर कुनै कुनै चाँही नामको लागि मात्रै भनेको पनि हुन सक्छ। त्यसैले तपाईंले त्यो फोन किन्नु भन्दा अगाडि त्यस फोनको गेमिङ र कूलिङ पर्फर्मेन्सको विस्तृत रिभ्युहरु हेर्न नभुल्नु होला।

ब्याट्री क्षमता र चार्ज स्पीड

तपाईले स्मार्टफोनमा जति धेरै गेम खेल्नुहुन्छ, त्यति नै धेरै पावर निस्कनेछ। तसर्थ, फोनमा राम्रो ब्याट्री क्षमता  छ भनी सुनिश्चित गर्नु राम्रो विचार हुनेछ।

तपाईंको फोनमा कम्तिमा ४५०० एमएएच ब्याट्री हुनुपर्दछ ताकि ब्याट्री लामो समयसम्म चलिरहेको बेला पनि यसको राम्रो ब्याट्री लाईफ रहोस्।

\"\"

चार्ज स्पीड पनि महत्वपूर्ण हुन्छ। तर सानो ब्याट्री भएर फास्ट चार्जिङ स्पीड भन्दा पनि धेरै ब्याट्री क्षमता भएको फोन लिदा उत्तम हुन्छ। कल अफ ड्युटी मोबाइल र पब्जी मोबाइल जस्ता गेमहरुका लागि, जहाँ एउटा ब्याटल रोयाल म्याच नै ३० मिनेटभन्दा बढी चल्न सक्छ, लामो गेमिङ समय दिन सक्ने उच्च क्षमताको ब्याट्री हुनु बढी फाइदाजनक हुन सक्छ।

स्क्रिन रिजोल्युसन, रिफ्रेस रेट र टच सयाम्प्लिङ रेट

तपाईंको गेम राम्रो देखिन हाई रिजोलुसन स्क्रीन हुनु आवश्यक छ । अहिलेको आधुनिक स्मार्ट फोनहरुमा ९० हर्ट्ज र १२० हर्ट्ज सपोर्ट गर्ने स्क्रीनहरु हुन्छन् । उच्च रिफ्रेस रेट डिस्प्लेले तपाईंलाई परम्परागत ६० हर्ट्ज स्क्रिनहरूको तुलनामा प्रति सेकेन्ड बढी फ्रेमहरू देखाउँदछ।

यद्यपि अर्को महत्त्वपूर्ण कारक भनेको टच सयाम्प्लिङ रेट हो। तपाइँको फोनको स्क्रिनको टच नमूना दरले तपाइँको डिस्प्लेमा गेमहरुले कति चाँडो प्रतिक्रिया दिन्छ भनेर निर्धारण गर्दछ ।

टच प्रतिक्रिया जति उच्च हुन्छ, त्यति राम्रो हुन्छ। प्रयोगकर्ताहरूले कम्तिमा १८० हर्ट्ज टच सयाम्प्लिङ भएको स्क्रिनहरूको अपेक्षा गर्नुपर्छ।

शोल्डर बटन र तेस्रो-पक्ष सामानहरू समर्थन

तपाईंले हाई-एन्ड फोनहरूमा मात्र शोल्डर बटन फेला पार्नुहुनेछ। तर तिनीहरूले गेमिङ फोनहरूमा महत्त्वपूर्ण स्थान बनाउँछन्। धेरै गेमहरुको  लागि, एक वा दुई भौतिक बटनहरू साँच्चै उपयोगी हुन सक्छ।

असुस आरओजी सिरिज र ब्ल्याक शार्क सिरिज जस्ता फोनहरू शोल्डर ट्रिगरहरूसँग आउँछन्, जसलाई तपाईंले आफ्नो मनपर्ने म्याप गर्न  सक्नुहुन्छ र आफ्नो गेम प्लेलाई अर्को स्तरमा लैजान सक्नुहुन्छ।

धेरै मध्य-दायरादेखि उच्च-मुल्यका गेमिङ फोनहरू तेस्रो-पक्ष सामानहरूको लागि सपोर्टका साथ आउँछन् । नयाँ फोन किन्दा यी कुराहरूलाई पनि ध्यान दिनुपर्छ किनभने सबै सामानहरू प्रत्येक फोनसँग नमिल्ने पनि हुन्छन् ।