प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) द्वारा सञ्चातित दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजना कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघसंगको सहकार्यमा निःशुल्क एक महिने तालिमा आयोजना हुने भएको छ ।
कामदारका लागि थप सीप तालिम कार्यक्रम अन्तर्गत इथिकल ह्याकिङ, सीसीटीभी इन्स्टलेसन एण्ड रिपियर र प्रिन्टर सेटअप एण्ड रिपियर विषयमा २०० जनालाई तालिम सञ्चालन हुन लागेको हो ।
तालिम सञ्चालन काठमाडौंमा हुनेछ । उद्योग/व्यवसायमा कार्यरत कामदार वा स्वरोजगार व्यक्तिहरू, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरू र कोभिड १९ महामारीको कारणले गुमाएका व्यक्तिहरू तालिममा सहभागी हुन सक्नेछन् ।
यसका लागि अनलाइनबाटै आवेदन दिन सकिने छ । तालिम इथिकल ह्याकिङमा १०० जना, सीसीटीभीमा ८० जना र प्रिन्टरमा २० जनालाई प्रदान गरिनेछ । तालिमका लागि अनलाइन आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।