कीवर्डहरू -

२०० जनालाई निःशुल्क आईटीको तालिम प्रदान‍ गरिदै, यसरी दिनुहोस् अनलाइन आवेदन

२०० जनालाई निःशुल्क आईटीको तालिम प्रदान‍ गरिदै, यसरी दिनुहोस् अनलाइन आवेदन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) द्वारा सञ्चातित दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजना कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघसंगको सहकार्यमा निःशुल्क एक महिने तालिमा आयोजना हुने भएको छ ।

कामदारका लागि थप सीप तालिम कार्यक्रम अन्तर्गत इथिकल ह्याकिङ, सीसीटीभी इन्स्टलेसन एण्ड रिपियर र प्रिन्टर सेटअप एण्ड रिपियर विषयमा २०० जनालाई तालिम सञ्चालन हुन लागेको हो ।

तालिम सञ्चालन काठमाडौंमा हुनेछ । उद्योग/व्यवसायमा कार्यरत कामदार वा स्वरोजगार व्यक्तिहरू, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरू र कोभिड १९ महामारीको कारणले गुमाएका व्यक्तिहरू तालिममा सहभागी हुन सक्नेछन् ।

यसका लागि अनलाइनबाटै आवेदन दिन सकिने छ । तालिम इथिकल ह्याकिङमा १०० जना, सीसीटीभीमा ८० जना र प्रिन्टरमा २० जनालाई प्रदान गरिनेछ । तालिमका लागि अनलाइन आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

\"\"