कीवर्डहरू -

५.४ बिलियन डलरमा इन्टेलले खरिद गर्‍यो चिप निर्माता कम्पनी टावर सेमीकण्डक्टर

५.४ बिलियन डलरमा इन्टेलले खरिद गर्‍यो चिप निर्माता कम्पनी टावर सेमीकण्डक्टर

इन्टेलले चिप निर्माता कम्पनी टावर सेमीकण्डक्टरलाई ५.४ बिलियन अमेरिकी डलरमा खरिद गरेको छ । टावर सेमीकण्डक्टर इजरायली चिप निर्माता कम्पनी हो ।

द वाल स्ट्रीट जर्नलको अनुसार यसले इन्टेलको व्यवसायलाई एकदमै मद्दत गर्नेछ । टावर सेमीकण्डक्टरको ३.६ बिलियन अमेरिकी डलरको मार्केट भ्यालु रहेको छ । यसले उद्योग, अटोनिर्माता कम्पनी, मेडिकल सामाग्रीको चिप निर्माण गर्ने गर्दछ ।

इन्टेलले ग्लोबल फाउण्ड्रीजलाई पनि ३० बिलियन अमेरिकी डलरमा खरिद गर्ने भनेको थियो तर ग्लोबल फाउण्ड्रीजले सार्वजनिक आमदानीबाट त्यो पैसा जम्मा गर्याे ।

इन्टलले एरिजोनामा एक उद्याग खोल्नका लागि हालैमा २० बिलियन डलर पनि लगानी गरेको थियो । चिप अभावलाई कम गर्न इन्टेलले सक्दो प्रयास गरिरहेको छ ।