कीवर्डहरू -

फेसबुकमा फेक प्रोफाइल बनाएर युवतीको फोटो/भिडियो प्रयोग गरी अस्लिल स्टाटस पोष्ट गर्ने पक्राउ

फेसबुकमा फेक प्रोफाइल बनाएर युवतीको फोटो/भिडियो प्रयोग गरी अस्लिल स्टाटस पोष्ट गर्ने पक्राउ

विदेशमा अध्ययनरत नेपाली युवतीको तस्वीर र भिडियो सामाजिक सञ्जालमा प्रयोग गरी अस्लिल स्टाटस पोष्ट गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देही बुटवल उपमहानरपालिकाका २५ वर्षिय एलिस भन्ने राजन श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले अध्ययनको शिलशिलामा अस्ट्रेलियामा रहेकी युवतीको फेसबुकमा फेक प्रोफाइल बनाई उक्त प्रोफाइलबाट अश्लील तस्वीर/भिडिओ पोस्ट गरी अश्लील स्टाटस लेख्ने गरेको पाइएको साइबर ब्यूरोले जानकारी दिएको छ ।

लेखेर उनले पिडितको आफन्त लगायत साथीहरूलाई शेयर गर्ने गरेका थिए । उनलाई प्रहरीको साइबर ब्यूरोले फागुन ३ गते पक्राउ गरेको हो ।

श्रेष्ठमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको आरोप लागेको छ । काठमाडौं जिल्ला अदालतको आदेशमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
\"\"