कीवर्डहरू -

आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई ‘गण्डकी रत्न’ सम्मान, के के पाइन्छन् सुविधा ? 

आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई ‘गण्डकी रत्न’ सम्मान, के के पाइन्छन् सुविधा ? 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले महावीर पुनलाई विशिष्ट व्यक्ति (गण्डकी रत्न) सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

प्रदेश स्थापना दिवसको अवसर पारेर फागुन ४ गते गण्डकी प्रदेश सरकारले उक्त सम्मान घोषणा गरेको हो । नेपालको विज्ञान, प्रविधि तथा अनुसन्धानको क्षेत्रमा पुनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मानित गर्न लागिएको हो ।

प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मानलाई प्रदेशकै सर्वाधिक सम्मान भनेर बताएको छ । गण्डकी रत्नबाट सम्मानित व्यक्तिलाई सरकारले प्रदेश सभा सदस्य बराबरको सम्मान र सुविधा दिनेछ ।

साथै प्रदेश अस्पतालमा निःशुल्क उपचार, सम्मानित व्यक्ति जीवनको उत्तरार्धमा संरक्षण विहीन भएको खण्डमा निजको संरक्षणको दायित्व सरकारले लिने, सार्वजनिक सेवाको क्षेत्रमा सम्मानितलाई प्राथमिकता दिने, प्रदेश भित्रका विमानस्थलमा अतिविशिष्ट कक्ष प्रयोग गर्न दिनेलगायतका सुविधा दिइने छ ।

महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रले विज्ञान, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि लगायतका अन्य विविध क्षेत्रमा अनुसन्धानको काम गरिरहेको छ ।