कीवर्डहरू -

एनसेलको नम्बरबाट पनि अब नमस्ते पेमा खाता खोल्न सकिने

एनसेलको नम्बरबाट पनि अब नमस्ते पेमा खाता खोल्न सकिने

अब एनसेलको नम्बरबाट पनि डिजिटल वालेट नमस्ते पेमा अकाउन्ट बनाउन सकिने भएको छ । यसअघि नेपाल टेलिकमको नम्बरबाट मात्रै अकाउन्ट बनाउन सकिने सुविधा रहेको थियो ।

तर अब एनसेलका प्रयोगकर्ताले समेत नमस्ते पेमा आफ्नो अकाउन्ट खोल्न सक्ने छन् । नमस्ते पेमा नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानीमा स्थापना भएको हो ।

नमस्ते पेमा हाल टपअप, विद्युत, खानेपानीको बिल भुक्तानी लगायतका सुविधा छन् । नमस्ते पेमा हाल ४० भन्दा बढी बैंक तथा वित्तिय संस्थाबाट पैसा लोड गर्न सकिन्छ ।

रेमिट्यान्स, मुभि, टिभी,इन्स्योरेन्स प्रिमियम, सरकारी भुक्तानी, बस टिकट, होटल बुकिङ, हेल्थ केयर, डिम्याट, फ्लाइट टिकेट, इन्टरनेट, एजुकेसन लगायतका सेवा पनि नमस्ते पेमा केही समयमा उपलब्ध हुनेछन् ।