कीवर्डहरू -

डिजिटल नेपालको रोडम्याप बनाउन आवश्यक : अध्यक्ष चौरासिया

डिजिटल नेपालको रोडम्याप बनाउन आवश्यक : अध्यक्ष चौरासिया

'समृद्ध नेपाल र सुखी नेपाली अभियान' साकार पार्न आइसिटीको भूमिका : मेरा ५ सुझाव

कानुनको उचित कार्यान्वयन
सबैभन्दा पहिला त सरकारले ल्याएका नीति र कानुनको उचित कार्यान्वयन गर्नुपर्छ । कानुन राम्रा आए, कार्यान्वयन भने फितलो भयो । सूचना प्रविधिको विकास, विस्तार र प्रवद्र्धनलाई सहयोग पुग्ने गरी कानुनी रुपमै व्यवस्था हुनुप¥यो । पछिल्लो नीति तथा कार्यक्रम र बजेट घोषणामा सूचना प्रविधिको अत्याधिक प्रयोग गरिनेछ भनिएको छ । तर, यसका लागि स्पष्ट कार्यक्रम आउन सकिरहेका छैनन् ।

सुलभ र सहज इन्टरनेट
ई–नेपालको अभिभारा पूरा गर्न इन्टरनेट महङ्खवपूर्ण पूर्वाधार हो । इन्टरनेटबिना अब कुनै पनि क्षेत्र अगाडि बढ्न सक्ने स्थिति छैन । सूचना प्रवधिलाई सरकारले संवाहकको रुपमा लिएको हो भने सबैभन्दा पहिला इन्टरनेटको आवश्यकता हुन्छ । राजधानी र केही सहरमा मात्रै होइन, गाउँगाउँमा फिक्स्ड र मोबाइल ब्रोडब्यान्डको पहुँच विस्तार हुनुपर्छ । यसपछि इन्टरनेसँगै एप्लिकेशन र कन्टेन्ट विकास गरी व्यावसायिक रुपमै सूचना प्रविधि सेवाको कारोबार गर्न सक्ने स्थिति ल्याउनुपर्छ ।

‘डिजिटल नेपाल’को रोडम्याप
डिजिटल नेपालको परिकल्पना मात्रै गरेर हुँदैन । यसलाई सार्थकता दिन नेपाल सरकारले डिजिटल नेपालको रोडम्याप नै बनाउनुपर्छ । कति वर्षमा डिजिटल नेपाल बनाउन सकिन्छ, यसको अध्ययन गरी हरेक क्षेत्रमा कार्यक्रम ल्याउने हो भने चाँडो लक्ष्य प्राप्त गर्न सकिन्छ । यो कार्यका लागि क्यान महासंघले के कस्तो सहयोग गर्न सक्छ, सदैव तयार छ ।

जनचेतनामूलक कार्यक्रमको आवश्यकता
गाउँघरसम्म सूचना प्रविधि लैजान सरकार र निजीक्षेत्र दुवै सचेतनामूलक कार्यक्रम ल्याउनुपर्छ । सूचना प्रविधिको प्रयोग, डिजिटल साक्षरता, आइटी उद्यमशीलता, आइटी शिक्षा आदिसम्बन्धी कार्यक्रम ल्याउनुपर्छ । सूचना प्रविधि व्यापक रुपले विस्तारसँगै परिवर्तन भइरहेको छ । यसअनूकुल नेपालीलाई अभ्यस्त बनाउन जरुरी छ । उदाहरणका लागि क्यान महासंघले काठमाडौंमा गर्दै आएको इन्फोटेक प्रदर्शनीलाई मोफसलमा पनि विस्तार गर्नुपर्छ भन्ने आशयले प्रदेश र जिल्लाव्यापी इन्फोटेकका साथमा आइसिटी सम्मेलन र अन्य प्रचारप्रसारका कार्यक्रमहरु गरिरहेका छौं ।

पाठ्यक्रममा कम्प्युटर शिक्षा अनिवार्य
सूचना प्रविधिले विश्व हाँकिरहेको छ । अबका पुस्ता यसबाट भिन्न हुनै सक्दैनन् । नेपालमा पनि अब विद्यालयतहदेखि विश्वविद्यालयतहसम्म कम्प्युटर शिक्षालाई अनिवार्य बनाइनुपर्छ । डिजिटल नेपाल बनाउने हो भने हाम्रो शिक्षा पद्धति पनि डिजिटलमैत्री हुन जरुरी छ । अर्कोतर्फ हामीले स्मार्ट सिटीको कुरा गर्छौं, ई–नेपाल बनाउने कुरा त गर्छौं । विद्यार्थीलाई पाठ्यक्रमबाटै कसरी स्मार्ट सिटी बन्छ, कसरी ई–नेपाल बन्छ, यहाँको आवश्यकता के छ आदिको जानकारी दिदैनौं । त्यस्तै विश्वविद्यालयका कन्टेन्टहरु इन्डस्ट्ीको आवश्यकताअनुसार अपग्रेड र अपडेट गर्दै लैजानुपर्छ ।