कीवर्डहरू -

नेपालमै बनेको ल्यापटप रिप्पल नोभा प्रो सार्वजनिक, प्रिअर्डरमा २२ हजारसम्म छुट

नेपालमै बनेको ल्यापटप रिप्पल नोभा प्रो सार्वजनिक, प्रिअर्डरमा २२ हजारसम्म छुट

रिप्पलले इन्टेलको १२ औँ जेनेरेशन प्रोससर प्रयोग गरिएको नोभा प्रो सार्वजनिक गरेको छ ।  यसमा इन्टेलको १२ औँ जेनेरेशन प्रोससर इन्टेल १२७०० एच चिपसेट र एनभिडिया आरटिएक्स ३०६० चिप रहेको छ ।

रिप्पल नेपालको आफ्नै ल्यापटप ब्राण्ड हो । कम्पनीले विदेशबाट सामान ल्याएर नेपालमै ल्यापटप एसेम्बल गरेर बिक्री गर्दै आएको छ ।

यो अहिले नेपाली बजारमा भएको सबैभन्दा शक्तिशाली गेमिङ ल्यापटप हो । आकर्षक डिजाइनका साथमा उपलब्ध भएको नोभा प्रोमा १५.६ इच्नको डिस्प्ले रहेको छ ।

१.९१ किलो तौल रहेको यस ल्यापटप तपाईको ब्याग प्याकमा सजिलै अट्न सक्छ । यसमा १६५ हर्जको रिफ्रेस रेट पनि रहेको छ । नोभा प्रोमा अडिया सिस्टम पनि एकदमै गुणस्तरीय रहेको छ ।

एनभिडिया आरटिएक्स ३०६० चिपले ग्राफिकल गेमहरु पनि सजिलै खेल्न दिने गर्दछ । नोभा प्रोमा दुई ओटा टाएप ए पोर्ट, एउटा यूएसबस् ३.१, एउटा यूएसबी २.० र एउटा यूएसबी ३.१ पोर्ट रहेका छन् ।

यसमा एचडीएमआई २.१ पोर्ट पनि रहेको छ । ल्यापटपमा ६२.३२ डब्लुएचको ब्याट्री रहेको छ । ब्याट्री साधारणतय ५ घण्टासम्म टिक्ने गर्दछ ।

डिभाइसमा आफ्नै कुलिङ सिस्टम पनि रहेको छ । प्रयोगकर्ताले आफ्नो खपत अनुसार एक टेराबाईट सम्मको एसएसडी कार्ड हाल्न सक्नेछन् ।

नोभा प्रोको २ लाख १० हजार रुपैयाँ पर्ने गर्दछ । प्रिअर्डर गरेबापत प्रयोगकर्ताहरुले २२ हजार रुपैयाँ सम्म छुट पाउन सक्नेछन् ।