कीवर्डहरू -

आफ्नै कुलिङ सिस्टम भएको रिप्पल नोभा सार्वजनिक, प्रिअर्डरमा १२ हजारसम्म छुट

आफ्नै कुलिङ सिस्टम भएको रिप्पल नोभा सार्वजनिक, प्रिअर्डरमा १२ हजारसम्म छुट

नेपाली ल्यापटप ब्राण्ड रिप्पलले नयाँ ल्यापटप नोभा सार्वजनिक गरेको छ । कम्पनीले विदेशबाट सामान ल्याएर नेपालमै ल्यापटप एसेम्बल गरेर रिप्पल नोभा ल्यापटप सार्वजनिक गरेको हो ।

यसमा इन्टेलको १२ औँ जेनेरेशन प्रोससर इन्टेल १२५०० एच चिपसेट र एनभिडिया आरटिएक्स ३०५० टिआई चिप रहेको छ ।

आकर्षक डिजाइनका साथमा उपलब्ध भएको नोभामा १५.६ इन्चको डिस्प्ले रहेको छ । १.९१ किलो तौल रहेको यस ल्यापटप तपाईको ब्याग प्याकमा सजिलै अट्न सक्छ ।

नोभामा अडिया सिस्टम पनि एकदमै गुणस्तरीय रहेको छ । ल्यापटपमा ६२.३२ डब्लुएचको ब्याट्री रहेको छ । नोभामा दुई ओटा यूएसबी ३.१ पोर्ट, एउटा एउटा यूएसबी २.० र एउटा टाइप सी पोर्ट रहेका छन् । यसमा एचडीएमआई २.१ पोर्ट पनि रहेको छ ।

यसमा १४४ हर्जको रिफ्रेस रेट पनि रहेको छ । यसमा साउण्ड ब्लास्टर एसबी सी सिक्स पनि रहेको छ जसले एकदमै गुणस्तरीय अडियो सिस्टम प्रदान गर्ने गर्दछ ।

यसमा ८ जिबीको मेमोरी रहेको छ र २५६ जिबीको एसएसडी स्टोरोज रहेको छ । ब्याट्री साधारणतय ५ घण्टासम्म टिक्ने गर्दछ । डिभाइसमा आफ्नै कुलिङ सिस्टम पनि रहेको छ ।

ल्यापटपको १ लाख ५० हजार रुपैयाँ पर्ने गर्दछ । प्रिअर्डर गरेबापत प्रयोगकर्ताहरुले १२ हजार रुपैयाँ सम्म छुट पाउन सक्नेछन् । प्रयोगकर्ताले आफ्नो खपत अनुसार एक टेराबाईट सम्मको एसएसडी कार्ड हाल्न सक्नेछन् ।