कीवर्डहरू -

यसरी गर्नुहोस् वेबक्यामलाई विन्डोज टेनमा एक्टीभेट

यसरी गर्नुहोस् वेबक्यामलाई विन्डोज टेनमा एक्टीभेट

अहिले महामारीको समयमा थुप्रै भिडियो कन्फेरेन्सहरुमा जोडिनु परिरहेको छ । यस्तो समयमा वेबक्यामले पनि एकदमै सहयोग पु¥याईरहेको छ । वेबक्याम अन नभईरहेको भएमा यो प्रक्रियाले अन गर्न सकिन्छ ।

सर्वप्रथम विन्डोजमा जानुपर्छ त्यसपछि सेटिङ्ग गएर प्राईभेसी भन्ने अप्सनमा थिच्नुपर्छ । त्यसपछि एप पर्मिसन भन्ने अप्सन अन्तर्गत क्यामेरामा भन्ने अप्सनमा जानुपर्छ ।

त्यसपछि माथिल्लो भागमा क्यामेरा डिभाईसको टगल अन छ की छैन् भनेर हेर्नुपर्ने हुन्छ । यो सेटिङ्गलाई परिवर्तन गर्न चेन्जमा क्लिक गर्नुपर्छ र इनेबल योर वेबक्याम भन्ने अप्सन छान्नुपर्ने हुन्छ । अलाऊ एप्स टू एक्सेस योर क्यामेरा भन्ने अप्सन पनि अन गरेको हुनुपर्छ ।

वेबक्याम इनेबल गरिएको छ की छैन् भनेर कसरी हेर्ने

माथिको प्रक्रियाले पनि वेबक्याम अन नभएमा क्यामेरामै केही समस्या भएको पनि हुन सक्छ । त्यहीकारणले वेबक्यामका लागि इन्स्टल गरिएको ड्राइभर राम्ररी काम गरिरहेको छ की छैन भनेर हेर्नुपर्ने हुन्छ ।

यसका लागि सर्वप्रथम विन्डोज सर्च फङ्चनमा जाने र डिभाइस म्यानेजर भन्ने अप्सन सर्च गरेर सेलेक्ट गर्नुपर्छ । त्यसपछि विन्डो खुलेपछि क्यामेरा भन्ने अप्सनमा गएर आफूले प्रयोग गर्ने क्यामेरा सेलेक्ट गर्नुपर्छ ।

डिभाइसमा राईट क्लिक गरेर अपडेट ड्राइभर भन्ने अप्सनमा थिच्नुपर्छ जसले गर्दा ड्राइभर अपडेट भएर काम गर्न थाल्छ ।