कीवर्डहरू -

साझा यातायातको कम्पाउन्डमा राखियो चार्जिङ मेसिन

साझा यातायातको कम्पाउन्डमा राखियो चार्जिङ मेसिन

काठमाडौं - साझा यातायातको पुल्चोकस्थित कम्पाउन्डमा चार्जिङ मेसिन राखिएको छ । सुन्दर यातायात प्रालिले विद्युतीय बस तथा कार चार्ज गर्नका लागि ल्याएको ६ वटा चार्जिङ मेसिन मध्ये यो एउटा हो ।

सुन्दर यातायातले युरोे–४ मापदण्डका ६ वटा चार्जिङ मेसिन काठमाडौं भित्र्याएको छ । बुधवार वातावरण विभाग, साझा यातायात र किया मोटर्सका पदाधिकारीको छलफलमा कम्पनीले साझामा चार्जिङ मेशिन राख्ने निर्णय गरेको हो ।

निजी स्तरमा पहिलो पटक कम्पनीले चार्जिङ मेसिन ल्याएको हो । यी चार्जिङ मेसिनबाट सबै प्रकारका विद्युतीय सवारीसाधन चार्ज गर्न सकिन्छ ।

कम्पनीले चार्जिङ मेसिनले ३० किलोमिटर यात्रा गर्ने कारमा १५ देखि २० मिनेटभित्र चार्ज हुने बताएको छ । यातायात व्यवस्था विभागका अनुसार चालु आव २०७५/७६ भित्रै काठमाडौं उपत्यकाका ५ स्थान छनोट गरी विद्युतीय चार्जिङ स्टेशन निर्माण गरिने छ ।