कीवर्डहरू -

फेब्रुअरी २२ मा ‘डिजिटल लर्निङ डे’, नेपालमा पनि मनाइँदै

फेब्रुअरी २२ मा  ‘डिजिटल लर्निङ डे’, नेपालमा पनि मनाइँदै

आगामी फेब्रुअरी २२ मा अबको परिवर्तन, डिजिटल शिक्षासँगै नारासहित नेपालमा पनि डिजिटल लर्निङ डे मनाइने भएको छ । निमा एकेडेमीको आयोजनामा यस वर्ष पनि डिजिटल लर्निङ डे मनाउन लागिएको हो ।

२०१९ देखि निमा एकेडेमीले संस्थागत सामाजिक उत्तरदायित्वको रूपमा नेपालमा डिजिटल लर्निङ डे यस वर्ष पनि मनाउन शुरू गरेको थियो । हरेक वर्ष फेब्रुअरी २२ मा नेपालसहित विश्वभर डिजिटल लर्निङ डे मनाइन्छ ।

एकेडेमीले यस वर्षको डिजिटल लर्निङ डे भर्चुअल माध्यमबाट मनाउने तयारी गरेको छ । फेब्रुअरी २२ देखि २६ सम्म विभिन्न जनचेतना कार्यक्रम आयोजना गरी डिजिटल लर्निङ डे मनाउने निमा एकेडेमीले जनाएको छ ।

भाइबर, इसेवा, कारखाना, जेनेस क्लाउड एकेडेमी, लिभिङ विथ आइसिटी, कनेक्ट आईपीएस, नेपाल टेलिकम, भायानेट, आईएमई पे, खल्ती, पिक्सेल टचको सहकार्यमा निमा एकेडेमीले डिजिटल लर्निङ डे मनाउँदै छ ।

सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी, २०१२ देखि डिजिटल लर्निङ दिवस विश्वव्यापी रूपमा मनाउन शुरु गरिएको थियो ।