कीवर्डहरू -

आज टेलिकमको भीओएलटीई कल निःशुल्क, रिचार्जमा डेटा बोनस

आज टेलिकमको भीओएलटीई कल निःशुल्क, रिचार्जमा डेटा बोनस

नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा आज कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुने भएको छ ।

फागुन ७ गते मनाइने ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गरेको हो ।

त्यस्तै एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने छ । सो अफर आज एक दिनका लागि उपलब्ध हुनेछ ।

साथै, सोही अवसरमा भोलि फागुन ७ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।