कीवर्डहरू -

हल्ट प्राइज एसएमसीको ‘सेपिङ योर आन्टरप्रेनरसीप जर्नीः बिजनेश लाइफ कोचिङ’ सेसन सम्पन्न

हल्ट प्राइज एसएमसीको ‘सेपिङ योर आन्टरप्रेनरसीप जर्नीः बिजनेश लाइफ कोचिङ’ सेसन सम्पन्न

हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएमसी) ले आयोजना गरेको ‘सेपिङ योर आन्टरप्रेनरसीप जर्नीः बिजनेश लाइफ कोचिङ’ विषयक चौथो सेसन सफलतापूर्वक समापन भएको छ ।

दुई घण्टाको कार्यक्रममा ५० जना सहभागी भएका थिए । कार्यक्रममा कर्पाेरेट प्रशिक्षक, प्रोफेसनल ट्रेनर तथा लाइफ अपग्रेडिङ कोच सौनक भट्ट अतिथी वक्ताको रुपमा थिए ।

उनले सहभागीहरुलाई उद्यमशीालताको विकास र सार्वजनिक थलोमा बोल्ने तरीकाको बारेमा केही सल्लाह दिएका थिए ।

वेबिनारमा शीप विकासको विषयमा पनि छलफल गरिएको थियो क्यू एण्ड ए सेसन मार्फत उनले सहभागीहरुको उत्सुक्ताबारे पनि कुरा गरेका थिए ।

कार्यक्रमलाई क्याम्पस निर्देशक बिदुर प्रसाद लोहनीले कार्यक्रमको समीक्षा गरेर कार्यक्रमको अन्त्य गरेका थिए ।