कीवर्डहरू -

काठमाडौंमा सुरु भयो दोस्रो डिजिस्टोर, आइटीका मल्टिब्राण्ड सामान उपलब्ध हुने

काठमाडौंमा सुरु भयो दोस्रो डिजिस्टोर, आइटीका मल्टिब्राण्ड सामान उपलब्ध हुने

हाइटेक इन्जिनियरिङ प्रालिले काठमाडौंमा डिजिस्टोरको दोस्रो मल्टिब्राण्ड स्टोर सुरुवात गरेको छ । आइतबार काठमाडौंको शुकेधारामा सूचना प्रविधि तथा लाइफस्टाइलका विभिन्न प्रडक्टहरु उपलब्ध गराउने गरी नयाँ स्टोरको सुरुवात गरेको हो ।

कम्पनीले यसअघि बालुवाटरमा स्टोर सञ्चालनमा ल्याएको थियो । यसैगरी विराटनगरमा यसअघि नै दुई स्टोरहरु सञ्चालनमा रहेका छन ।

सुकेधारमा डिजिस्टोर आउटलेट सुरु गर्दै कम्पनीका अध्यक्ष अरुण बंशलले कोभिड १९ को कारण केही ढिलो गरी स्टोर सुरु गरिएको तर अबको ६ महिनामा काठमाडौंका ६ स्थानमा स्टोर सञ्चालनमा आउने बताए ।

काठमाडौं बाहिर धरानमा यसै महिना डिजिस्टोर सञ्चालन हुने उनले जानकारी दिए । कम्पनीले विगत २५ वर्षदेखि डिजिकम ब्राण्डका प्रडक्टहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ ।

नेपाली ब्राण्डको रुपमा स्थापित डिजिकमका राउटर, सिसि क्यामेरा, एसी, एक्सेसरिज र अन्य आइटीका प्रडक्टहरु नेपाली बजारमा उपलब्ध छन ।

यसैगरी कम्पनीले इन्नोभेटिभ र लाइफस्टाइल प्रडक्टहरु विस्तार गरिरहेको छ । डिजिस्टोरमा डिजिकम वाहेक अन्य ब्राण्डहरु प्रडक्ट, मोवाइल एसेसरिज, ल्यापटप लगायतका दर्जनौ प्रडक्टहरु उपलब्ध रहेका छन ।

यसैगरी कम्पनीले होम एप्लायन्सेसका प्रडक्टहरु पनि उपलब्ध गराउने जनाएको छ । डिजिटल र अन्य प्रडक्टहरु सहितको डिजिस्टोर एक आधुनिक स्टोर हो, जहाँ सामान किन्न मात्रै नभएर वास्तविक रुपमा प्रविधिका नयाँ प्रडक्टहरुबारे अपडेट पनि लिन सकिन्छ ।

स्टोरका सामानहरु डिजिस्टोर डटकम डटएनपी मार्फत पनि अर्डर गर्न सकिने छ । डिजिस्टोरलाई देशैभरी सेवा विस्तार गर्नेगरी काम गरिरहेको कम्पनीका अध्यक्ष बैशलले जानकारी दिए ।