कीवर्डहरू -

गोप्रो हिरो ७ का ३ मोडलका क्यामेरा नेपाली बजारमा

गोप्रो हिरो ७ का ३ मोडलका क्यामेरा नेपाली बजारमा

गोप्रो एक्सन क्यामेरा प्रयोगकर्ताका लागि नेपाली बजारमा गोप्रो हिरो ७ एक्सन क्यामेरा तीनवटा भर्शनमा आएको छ । गोप्रो हिरो ७ वाईट, गोप्रो हिरो ७ ब्ल्याक र गोप्रो हिरो ७ सिल्भर भर्शन रहेको छ ।

गोप्रो हिरो ७ तीनवटा भर्शनमा आए पनि केही विशेषताहरु समान रहेको छ । यी तीनवटैमा पानी प्रतिरोधक, एलसिडी टच स्क्रिन र भ्वाइस कन्ट्रोल विशेषता रहेको छ । यिनीहरुको पानी प्रतिरोधक विशेषता १० मिटरको गहिराइसम्म रहेको छ ।

गोप्रो हिरो ७ ब्ल्याकमा १२ एमपी लेन्स रहेको छ । त्यस्तै सिल्भर र वाइटमा १०एमपी लेन्स रहेको छ । ब्ल्याकमा हाईपरस्मुद स्टेबलाइजर, ४के भिडियो क्यापचर, जिपीएस र लाइभ स्ट्रीम विशेषता रहेको छ ।

वाइटमा हाइपरस्मुद स्टेबलाइजर, ४के भिडियो क्याप्चर, जिपीएस र लाइभ स्ट्रीम विशेषता रहेको छैन । सिल्भरमा हाइपरस्मुद स्टेबलाइजर, विशेषता छैन तर यसमा ४ के भिडियो क्यापचर र जिपिएस रहेको छ । यसले फेस, स्माइल र सेन्स पनि डिटेक्सन गर्दछ ।

उच्च गुणस्तरीय फोटो तथा भिडियो खिच्न सक्ने यसको प्रयोग डकुमेन्ट्री, लाइभ भिडियोका लागि उपयोगी हुन्छ ।

यसबाट फोनमा फाइल अटो ट्रान्सफर गर्न सकिन्छ भने क्लाउडमा स्टोर पनि गर्न सकिन्छ । नेपाली बजारमा गोप्रो हिरो ७ वाईटको मूल्य रु २९,५००, गोप्रो हिरो ७ सिल्भरको मूल्य रु ३६,५०० र गोप्रो हिरो ७ ब्ल्याकको मूल्य रु ५१,५०० रहेको छ ।