कीवर्डहरू -

एनएमबि बैंकका एटीएम कार्ड होल्डरलाई हाम्रो अस्पतालमा छुट

एनएमबि बैंकका एटीएम कार्ड होल्डरलाई हाम्रो अस्पतालमा छुट

एनएमबि बैंकले विराटनगरस्थित हाम्रो अस्पतालसँग सम्झौता गरेको छ । उपचारको लागि आएका व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरिएको हो ।

उक्त सम्झौता अनुसार अस्पतालबाट उपलब्ध गराइने चिकित्सकीय सेवाहरुमा छुट तथा सहुलियत दिने जानकारी गराइएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरेका हुन् ।

उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई भर्ना, फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षणहरु र शल्यक्रियामा छुट उपलब्ध गराउने भएको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।