साना रेस्टुराँ तथा खाजा घरहरुलाई डिजिटल प्लाटफर्ममा जोडेर उनीहरुको व्यवसाय वृद्धि गर्ने पहल स्वरुप पठाओ नेपाल प्रालिले पठाओ लोकल सुरु गरेको छ ।
शुन्य दर्ता महसुल राखेको पठाओ लोकलमा साना व्यवसायीहरुले आफ्नो ब्यवसाय आधिकारीक दर्ता गरेको हुनु पर्ने पठाओको प्रबक्ता सुरक्षा हमालले बताइन् ।
हाल खाजा डेलिवरी सेवामा २० भन्दा बढी साना व्यवसायी जोडिएको पठाओ लोकलमा २ सय ५० भन्दा बढी व्यवसायीहरुलाई जोड्ने लक्ष्य राखेको पठाओले ब्यवसायीको कमिसनमा समेत छुट दिएको हमालले बताइन् ।
पहिले आफ्नो खाजा घर तथा रेस्टुरेन्टबाट मात्र ब्यापार गर्दै आएका ब्यवसायीहरु अहिले पठाओ लोकलबाट दैनिक अनलाइन बिक्रि गर्न पाउँदा निकै खुशी भएको हमालको बुझाइ छ ।
पठाओ लोकलमा आवद्ध हुन चाहने साना खाजा तथा रेस्टुराँ व्यापारीले ०१ - ५९७००९९ मा सम्पर्क गरि यस बारे जानकारी लिन र दर्ता गर्न सक्नेछन । साथै यो लिङकमा https://bit.ly/PathaoLocal क्लिक गरि आवेदन दिन सकिन्छ ।