कीवर्डहरू -

जापानी होटलले हटायो आफ्नो रोबट स्टाफहरु

जापानी होटलले हटायो आफ्नो रोबट स्टाफहरु

जापान । हेन ना होटल ले आफ्नो १०० भन्दा बढि रोबट स्टाफहरुलाई होटलबाट हटाएको छ । रोबटहरु आफ्नो काम प्रति राम्रो नभएको र अन्य मानव स्टाफहरु तथा पहुनाहरुलाई धेरै कामहरु बढाएको कारणले २४३ रोबटलाई हटाईएको हो ।


मानिस जस्तै देखिने रिसेप्शनिस्ट रोबट, लगेज क्यारीयर रोबट र पहुनालाई स्वागत गर्ने रोबट पनि आफ्नो काम प्रति राम्रो नभएका कारणले होटलबाट हटाईएको छ । हरेक कोठामा राखिएको चुरी नामक गुडीया आकारको एसिस्टेन पनि आफ्नो काम प्रति राम्रो नभएको र यसलाई सानो सानो प्रश्नको उत्तर दिनमा पनि कठिनाई भएको करणले यसलाई पनि हटाईएको छ ।


यो होटल सन् २०१५ मा स्थापना भएको थियो । यसको स्थापना भए लगातै यसले विश्व भरी रोबटहरु स्टाफ भएको होटलको रुपमा चर्चा पाएको थियो तर यसले पुनः रोबट स्टाफहरु राख्ने वा अर्को प्रविधिमा जाने स्पष्ट खुल्याएको छैन ।