कीवर्डहरू -

२७ औं संस्करणको क्यान इन्फोटेक वैशाख ७ गतेदेखि १२ गतेसम्म आयोजना हुने 

२७ औं संस्करणको क्यान इन्फोटेक वैशाख ७ गतेदेखि १२ गतेसम्म आयोजना हुने 

२७ औं संस्करणको क्यान इन्फोटेक वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । कोरोना कारण रोकिएको इन्फोटेक वैशाख ७ गते बुधवार देखि १२ गते सोमबारसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन १९९५ देखि बर्षेनी आयोजना हुदैं आएको छ ।

यसअघि क्यान इन्फोटेकको २७ औं संस्करण २०७८ साल बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म पहिलो पटक र २०७८ साल माघ १८ गते देखि २३ गतेसम्म दोश्रो पटक हुने गरी सम्पूर्ण तयारी भएकोमा कोरोनाका कारण स्थगित भएको थियो ।

२७ औं  संस्करणको क्यान इन्फोटेकको शीर्ष प्रायोजक आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी स्मार्ट क्यू आर) रहेका छन् ।

त्यस्तै इन्फोटेकको प्लाटिनम प्रायोजनमा वर्ल्डलिंक कम्युनिकेशन्स, गोल्ड प्रायोजनमा नेपाल टेलिकम, जेनेरेशन नेक्स्ट कम्युनिकेशन्स र सागर ग्रुप अफ कम्पनिज र सिल्भर प्रायोजनमा नमस्ते पे, एस–पावर, ब्रोडवे इन्फोसिस नेपाल र डिजिकम रहने जनाइएको छ ।

इन्फोटेकको इन्नोभेसन पार्टनरमा सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्स, एकेडेमिक पार्टनरमा सनवे इन्टर्नेशनल बिजनेस स्कुल, इकमर्श पार्टनरमा दराज केमु, फुड एण्ड वेभरेज पार्टनरमा रेबान, भर्चुवल एक्जिविसन पार्टनरमा मण्डला सिस्टम तथा डीजिटल डीस्प्ले पार्टनरमा अल्ट्रा एलईडी रहेका छन् ।

इन्फोटेक भव्य एवं सफल रुपमा आयोजना गर्न राष्ट्रिय रूपमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुबिसु केबलनेट र भायानेट कम्युनिकेशन्स, नेपाल मोबाइल वितरक संघको सहयोग रहेका छन् । त्यस्तै अन्तरराष्ट्रिय रुपमा असोसियो र विट्साको पनि सहयोग रहने छ ।