कीवर्डहरू -

एनएमबी बैंकको ‘एनएमबी यू–वाह ! डिजी सेभिङ्स’ बचत योजना, यस्ता छन् निःशुल्क सुविधा

एनएमबी बैंकको ‘एनएमबी यू–वाह ! डिजी सेभिङ्स’ बचत योजना, यस्ता छन् निःशुल्क सुविधा

एनएमबी बैंक लिमिटेडले युवाहरूलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘एनएमबी यू–वाह ! डिजी सेभिङ्स’ ल्याएको छ ।

१८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदानगर्नुको साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी यस योजनाअन्तर्गत बैंकले एनएमबी ओम्नी च्यानल बैंकिङ्ग, एनएमबी क्रेडिट कार्ड र एनएमबी डलरकार्ड साथै डलर टप–अपमा निःशुल्क सुविधा दिने भएको छ ।

डिजिटल कारोबारमा समेत निःशुल्क अन्तर बैंक फण्ड ट्रान्सफर (एबीबीएस) र वार्षिक एक हजार २०० रुपैयाँसम्म क्यास ब्याक योजना जस्ता आकर्षक लाभहरू पनि उपलब्ध गराइने बैंकले जनाएको छ ।

यस अतिरिक्त, बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट पनि उपलब्ध गराउने भएको छ ।

एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित बैंक हो ।

यो बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चारपटक नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।