कीवर्डहरू -

नेपाल बैंकको मोबाइल बैंकिङबाट बीएण्डबी अस्पतालमा भुक्तानी गर्दा १० प्रतिशत छुट

नेपाल बैंकको मोबाइल बैंकिङबाट बीएण्डबी अस्पतालमा भुक्तानी गर्दा १० प्रतिशत छुट

नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूलाई बीएण्डबी हस्पिटलले उपचार क्रममा विशेष छुट दिने भएको छ ।

उपचार गर्दा लाग्ने शुल्कमा विषेश छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको नेपाल बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालका विविध सेवाहरूमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र बैंकको डेविट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्यूआर कोर्डमार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा १० प्रतिशत छुट हुने व्यवस्था गरिएको हो ।

सम्झौतापत्रमा बीएण्डबी हस्पिटलका तर्फबाट प्रा.डा. अशोककुमार बाँस्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बीएण्डबी हस्पिटलसँग सहकार्य गर्न पाएकोमा आभार प्रकट गरे ।