कीवर्डहरू -

एपबाट गैर कानूनी रूपमा लोन दिने एक चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

एपबाट गैर कानूनी रूपमा लोन दिने एक चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा संलग्न चिनियाँ नागरिक च्याङ हि बाओ सहित २४ पुरुष र १३ महिला गरी जम्मा ३७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्‍वरस्थित एक घर भाडामा लिई सिन्धुली घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने दीपक श्रेष्ठको नाममा लेमोन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिकद्वारा विभिन्न एप्लिकेशनहरु मार्फत गैरकानूनी तवरले लोन स्क्याम गरिरहेका थिए ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट खटिएको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले विभिन्न एप्लिकेशनहरु मार्फत लोन स्क्याम गर्न प्रयोग भएका ४ थान ल्यापटप र २ थान मोबाइल समेत बरामद गरेको छ ।

उनीहरु उपर बैंक तथा बित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।