कीवर्डहरू -

नागरिक एपबाटै १३ हजार बढीले लिए पुलिस रिपोर्ट, यसरी लिनुहोस् तपाई

नागरिक एपबाटै १३ हजार बढीले लिए पुलिस रिपोर्ट, यसरी लिनुहोस् तपाई

नागरिक एपबाटै १३ हजार बढीले पुलिस रिपोर्ट लिएका छन् । नागरिक एपबाट १३ हजार ७३९ जनाले पुलिस रिपोर्ट अर्थात प्रहरी चारित्रिक प्रमाणपत्र लिएका छन् ।

उनीहरूले एपबाटै अप्लाई गरी पुलिस रिपोर्ट डाउनलोड गरेको नागरिक एपले जनाएको छ । नागरिक एपबाट पुलिस रिपोर्ट लिन शुरूमा नागरिक एपमा खाता बनाउनु पर्ने हुन्छ ।

आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर राखेर तथा नागरिकता, राहदानी वा मतदाता परिचयपत्र मध्ये कुनै एक विकल्प छनौट गरेर र त्यसको विवरण भनेर नागरिक एपमा खाता खोल्न सकिने छ ।

अब नागरिक एप खोल्नुहोस् र पुलिस क्लियरेन्स रिपोर्ट लेखेको अप्सनमा थिच्नुहोस् । याद राख्नुहोस् नागरिक एपमा आफ्नो नागरिकता लिंक गरिएको हुनुपर्छ । त्यस्तै भिसाका लागि पुलिस रिपोर्ट बनाउँदै हुनुहुन्छ पासपोर्ट पनि लिंक गरिएको हुनुपर्नेछ ।

उक्त अप्सनमा थिचेपछि रिक्वेष्ट रिपोर्टमा क्लिक गर्नुहोस् । अनि त्यहाँ तपाईको केही विवरण आफै भरिने छ भने नभरिएको बाँकी विवरण आफुले भर्नुहोस् र प्रोसिडमा क्लिक गर्नुहोस् ।

यसपछि तपाईको विवरण पेश हुनेछ र भेरिफाइड भएपछि नागरिक एपबाटै पुलिस रिपोर्ट डाउनलोड गर्न सकिने छ ।

एन्ड्रोइड फोनका लागि नागरिक एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आइफोनका लागि नागरिक एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।