कीवर्डहरू -

माइक्रोसफ्ट टिम्सलाई आफै सुरु हुनबाट यसरी रोक्नुहोस्

माइक्रोसफ्ट टिम्सलाई आफै सुरु हुनबाट यसरी रोक्नुहोस्

माइक्रोसफ्ट टिम्स भिडियो कन्फेरेन्सिङमा एकदमै चर्चित भईरहेको एप हो । लामो समय सम्म कल गर्न पाउने र धेरै सहभागीहरु जोइन गर्न मिल्ने हुँदा यो एप अझै चर्चित बन्दै गएको हो ।

राम्रो फिचरहरु भएता पनि यो एप पिसी खोल्ने बित्तिकै स्वतः रुपमा सुरु हुने गर्दछ जसले गर्दा प्रयोगकर्ताहरुलाई समस्या सिर्जना गरिरहेको हुन्छ ।

आज हामी माइक्रोसफ्ट टिम्सलाई अटो रुपमा अन हुनबाट कसरी रोक्ने भन्ने बारेमा जानकारी दिदैछौँ । यसका लागि सर्वप्रथम आफ्नो विन्डोज पिसीमा स्टार्ट मेन्यु खोल्नुहोस् । त्यसपछि सेटिङ्गमा क्लिक गर्नुहोस् ।

यति गरेपछि एप्मा क्लिक गरेर स्टार्टअपमा क्लिक गर्नुपर्ने हुन्छ । अब माइक्रोसफ्ट टिम्स छेउको टगललाई बन्द गर्नुपर्छ ।