कीवर्डहरू -

ह्वावेको उत्प्रेरक परियोजनालाई टीएम फोरम अवार्ड

ह्वावेको उत्प्रेरक परियोजनालाई टीएम फोरम अवार्ड

ह्वावे र यसका साझेदारहरूले ग्राहक अनुभव (सीएक्स) मापदण्ड र अभ्यासहरूमा गरेको योगदानको लागि गत हप्ता क्याटलिस्ट इन्डस्ट्री कन्ट्रीब्युसन टु टीएम फोरम अर्वाड जितेका छन् ।

कृत्रिम वौद्धिकता (एआइ)/एमएल प्रयोगद्वारा सीएक्स व्यवसायको प्रतिफल सक्रियतासाथ अघि बढाउने शीर्षकको रापिड–फाइयर, पु्रफअफ–कन्सेप्ट क्याटलिस्ट परियोजनाले गत वर्ष टीएम फोरमको बेस्ट इम्प्लिमेन्टेसन अफ इनोभेटिभ टेक्नोलोजी सोलुसन पुरस्कार पनि जितेको थियो ।

यस परियोजनालेसंचार सेवा प्रदायक र साझेदारहरूले ग्राहकको आवश्यकता र सन्दर्भलाई अझ सही रूपमा निर्धारण गर्न इन्टेलिजेन्स्को राम्रो प्रयोग गर्न सक्छन् भनेर देखाएको छ ।

सबैभन्दा ठूलो सीएक्स ग्यापहरू पहिचान गरेर र राम्रो व्यापार परिणामहरू ड्राइभ गर्न कुन सीएक्स पक्षहरू प्रयोग गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाएर सीएसपीएसले सीएक्समा थप सूचित र रणनीतिक लगानी गर्न, रिटर्न अन एक्स्पिरियन्स रोक्स बढाउन र अनुभव केन्द्रित व्यापार सञ्चालनहरू हासिल गर्न सक्ने ह्वावेले जानकारी दिएको छ ।

यस परियोजनाको समयमा सिर्जना गरिएको इन्टेलिजेन्ट अनुभव सञ्चालन प्रणाली अन्वेषण र अभ्यास १ +४ ढाँचामा आधारित छ । प्रणालीले व्यवसायलाई असर गर्ने मुख्य अनुभव कारकहरू पहिचान गर्दछ र अनुभव सुधारको लागि सिफारिसहरू निर्धारण गर्दछ ।

कर्पोरेटस्तरको ग्राहक अनुभव व्यवस्थापन टोलीको नेतृत्वमा सीएसपीएसकाका विभिन्न कार्यात्मक विभागहरूले एन्ड टु एन्ड ग्राहक अनुभव सुधार गर्न, कार्य व्यापार उद्देश्यको लागि लुप बन्द गर्दै तिनीहरूको आफ्नै पहलहरू अलाइन गर्न सक्छन् ।