कीवर्डहरू -

मासिक ८०० रूपैयाँमा भायानेटको ७५ एमबीपीएसको इन्टरनेट र टिभी

मासिक ८०० रूपैयाँमा भायानेटको ७५ एमबीपीएसको इन्टरनेट र टिभी

भायानेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । अब ग्राहकहरूले ८०० रूपैयाँमा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शनसँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको हो ।

यस अफरमार्फत ग्राहकहरूले उच्चगतिको इन्टरनेटको साथसाथै मनोरञ्जनात्मक च्यानलहरू, दुवैको मज्जा लिन सक्छन् । भायाटिभी द्वारा ग्राहकहरुले १७५ं च्यानलहरू, चलचित्र र टेलिश्रृंखलाहरू हेर्न सक्छन् ।

यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेटसहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि रु. ८०० प्रति महिनामा यो अफरको लाभ लिन सक्छन् ।

यसबाहेक भायाटिभी को सेटउप बक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ । जसमार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पज गरि पछि हेर्ने फाइदा लिन सक्छन् । मिनी प्याकका सब्स्क्राइबरहरूले भायाटिभीको सेवा आफ्ना मोबाइल उपकरणमा पनि प्राप्त गर्न सक्छन् ।

प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एप स्टोर मार्फत भायाटिभी एप डाउनलोड गरी आफ्नो उपकरणहरूबाट भायाटिभी को सुविधाहरू लिन सक्छन् ।

उच्चगतिको इन्टरनेटको अन्य योजनाहरू अन्तर्गत, भायानेटले अल्ट्राफाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराई रहेको छ । अल्ट्राफाई प्याकको विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो, जसको सब्स्क्रिप्शनमा २ वटा भायाटिभी हरू पनि उपलब्ध छन् ।

यसको मूल्य मात्र रू. १ हजार २५० प्रति महिना रहेको छ । मिनी प्याकमार्फत भायनेटले उच्च गतिको इन्टरनेट चाहने उपभोक्ताहरूको  आवश्यकता पूरा गर्ने आशा राखेको जनाएको छ ।