कीवर्डहरू -

के तपाईं सिङ्गल हुनुहुन्छ ? अब बिहेनेपाल एपले खोजिदिनेछ जोडी

के तपाईं सिङ्गल हुनुहुन्छ ? अब बिहेनेपाल एपले खोजिदिनेछ जोडी

रवा नेपालले आधिकारिक रुपमा बिहे नेपाल एप सार्वजनिक गरेको छ । जीवनसाथी खोज्नलाई अब आफै धाइराख्नुपर्दैन्, एपलेनै सो कार्य गरिदिने भएको छ ।

लामो समयसम्म सम्बन्धमा बाधिँनका लागि यस प्लेटफर्मले सबै एकल व्यक्तिहरुलाई सँगै ल्याउने प्रयत्न गर्ने भएको हो । बिहे नेपाल एप दुवै प्ले स्टोर र एप स्टोरमा उपलब्ध रहेको छ ।

सबै कुरा अनलाइन भईरहेको समयमा वैवाहिक सम्बन्धलाई पनि डिजिटलीकरण गर्ने उद्देश्यले बिहे नेपाल एप लञ्च गरिएको हो ।

बिहे नेपाल एपले अक्टोबर २७, २०२१ देखि यस एपको टेस्ट फ्लाईट पनि सुरु गरेको थियो र त्यो समयदेखि ३ हजार बढि प्रयोगकर्ता एपमा जोडिसकेका छन् ।

एन्टरप्रेनर संस्थाले हालैमा बिहे नेपाललाई नेपाल्स जिएसईए २०२२ को दोस्रो रनर अपको रुपमा पनि पुरस्कृत गरेको थियो ।

पहिल्यै सम्बन्धमा रहेकाहरुले पनि एपमा जोडिएर आफ्नो सम्बन्धलाई अझै सुमधुर बनाउनका लागि फाइदा उठाउन सक्नेछन् ।

प्रयोगकर्ताहरुले एपमा आधिकारिक कागजात (नागरिक्ता, ड्राइभिङ लाईसेन्स आदि) प्रदान गरेर आइडेन्टीटी भेरिफिकेसन पनि माग्न सक्नेछन् ।

यसपछि एपले म्यानुअल रुपमा ती कागजात हेरेर प्रयोगकर्तालाई भेरिफाई गरिदिने गर्दछ । भेरिफाइ गरिएका प्रयोगकर्ताले हरियो चेकमार्क प्राप्त गर्नेछन् । यो निःशुल्क एप यूजर फ्रेण्डली पनि रहेको छ ।

एपले चाँडै भिआईपी क्लब पनि सार्वजनिक गर्नेछ । बिहे नेपाल भिआईपी पेड फिचरको रुपमा चलाउन सकिनेछ र यसको वान टाइम एन्ट्री फी ४९ हजार रुपैयाँ हो । भिआईपी प्रयोगकर्ताले आधिकारिक कागजात पेश गर्नैपर्ने हुन्छ ।