कीवर्डहरू -

सामसुङ एस २२ पहिलो दिनमा नै ५० पिस भन्दा बढी बुकिङ

सामसुङ एस २२ पहिलो दिनमा नै ५० पिस भन्दा बढी बुकिङ

भर्खरै मात्र नेपाली बजारमा सार्वजनिक भएको सामसुङ मोबाइलको बहुप्रतिक्षित मोडल ‘एस २२ अल्ट्रा’ न्यूरोडस्थित भर्जिन मोबाइल शोरुमा समेत उपलब्ध भएको छ । सामसुङ मोबाइलको आधिकारिक वितरक आईएमएसको सहकार्यमा कम्पनीले एस–२२ को बुकिङ तथा बिक्री वितरण शुरु गरेको हो ।

बुकिङ खुल्ला भएको पहिलो दिनमा नै ५० पिसभन्दा बढी एस–२२ को बुकिङ भएको भर्जिन मोबाइलका सञ्चालक विवेक शर्माले जानकारी दिए । सामसुङ एस २२ नेपालमा औपचारिक रुपमा सार्वजनिक हुने बित्तिकै कम्पनीले बुकिङ खुल्ला गरेको र सो मोडलका लागि ग्राहकहरुको निकै आकर्षण देखिएको उनले बताए ।

आकर्षक एवं दीगो डिजाइनका साथ आएको भनिएको ग्यालेक्सी एस २२, ग्यालेक्सी २२+ र ग्यालेक्सी एस २२ गरी दुई मोडलमा आएको छ । ग्यालेक्सी एस २२ अल्ट्राभित्र रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमताहरु र एक दिनभन्दा बढी चल्ने क्षमतायुक्त ब्याट्रीका साथ उपलब्ध रहेको उनको भनाइ छ । यी विशेषताले मोबाइललाई हालसम्मकै सर्वाधिक शाक्तिशाली अल्ट्रा उपकरण बनाइएको उनले दाबी गरेका छन् ।

ग्यालेक्सी एस २२ सिरिज कन्टेन्ट सिर्जना गर्ने, भिडियो छायाँकन गर्ने, सम्पादन र शेर गर्ने योग्यताहरूका साथ डिजाइन गरिएको बताइएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा (१२/५१२ जीबी) को मूल्य १ लाख ६९ हजार ९९९ रुपैयाँ र १२÷२५६ जीबीको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यी दुई क्षमतायुक्त मोबाइल बर्गन्डी, फ्यान्टम ब्ल्याक र हरियो रङमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

यसैगरी एस २२ प्लस (८/२५६ जीबी) को मूल्य १ लाख १२ हजार ९९९ रुपैयाँ तोकिएको छ । ८/२५६ जीबी क्षमतायुक्त मोबाइलको मूल्य १ लाख १२ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको सामसङ्गले जनाएको छ । यी दुई क्षमताका मोबाइल फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र पिङ्क गोल्डमा उपलब्ध छन् ।

आगामी मार्च ११ बाट नेपाल र भारतमा एकैपटक एस २२ को  बिक्री वितरणको तयारी गरिएको छ । तर, नेपालमा भने गत बुधबार मात्र एस २२ सार्वजनिक भएको छ । योसँगै उक्त फोनको अग्रिम बुकिङ समेत खुल्ला गरिसकिएको छ । शुभारम्भ हुन झण्डै २० दिन बाँकी रहँदा अग्रिम बुकिङ खुल्ला गरेको भर्जिन मोबाइलले पहिलो दिनमा नै ५० पिसभन्दा बढी मोबाइल बुकिङ लिन सफल भइसकेको सञ्चालक शर्माले बताए ।

न्युरोडमा विगत १५ वर्षदेखि मोबाइल बिक्री गर्दै आएको भर्जिन मोबाइल प्रालिले हालसम्म १० लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरिसकिएको सञ्चालक शर्माको भनाइ छ । हालसम्म तीन लाखभन्दा बढी ग्राहकलाई मोबाइल बिक्री गरिसकेको भर्जिन मोबाइलले १० लाखभन्दा बढी सेवाग्राहीलाई मोबाइल, ल्यापटप, चार्जरलगायतका सामाग्री बिक्री वितरण गरिरहेको छ ।

भर्जिन मोबाइलले आफ्नो स्थापनाको १५ वर्षमा वान प्लस, एप्पल मोबाइल, रेडमी, नार्जो, एमआई, सामसुङ लगायतका मोबाइल बिक्री वितरण गर्दै आएको छ ।