कीवर्डहरू -

सोल्टी इन्टरप्राइजेजका होटलमा एनसीसी बैंकका ग्राहकलाई १० प्रतिशत छुट

सोल्टी इन्टरप्राइजेजका होटलमा एनसीसी बैंकका ग्राहकलाई १० प्रतिशत छुट

सोल्टी इन्टरप्राइजेजले आफू मातहत सञ्‍चालित होटलहरूमा एनसीसी बैंकका ग्राहकहरूलाई १० प्रतिशत छुट दिने भएको छ ।

इन्टरप्राइजेज र बैंकबीच ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्न द्विपक्षीय सम्झौता भएको हो । प्रवर्द्धनात्मक कार्यक्रमहरू समेत संचालन गर्ने सहमति भएको बैंकले जानकारी दिएको छ ।

सम्झौतामार्फत बैंकका ग्राहकहरूले काठमाडौंस्थित सोल्टी होटल र नेपालगञ्जस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी गर्दा फूड एण्ड बेभरेजमा छुट प्राप्त गर्नेछन् ।