कीवर्डहरू -

स्थानीय व्यवसायहरुको जानकारी दिदै मेरो रेटिङ डटकम, विभिन्न व्यवसायको रिभ्यू हेर्न सकिने 

स्थानीय व्यवसायहरुको जानकारी दिदै मेरो रेटिङ डटकम, विभिन्न व्यवसायको रिभ्यू हेर्न सकिने 

व्यवसायी र उपभोक्तालाई सँगै ल्याउने उद्देश्यका साथ मेरो रेटिङ डटकम ले निःशुल्क सेवा दिदै आएको छ ।

नेपाली नागरिकलाई लक्षित गरेर सन् २०२१ देखि सेवा दिदै आईरहेको मेरो रेटिङ डटकमले नेपालमा रहेका विभिन्न व्यवसायहरुको रिभ्यू प्रदान गर्न दिन्छ ।

यस साइटले प्रयोगकर्ताहरुले सबैभन्दा राम्रो भोजनालय, घुम्ने ठाउँ, किनमेल गर्ने ठाउँ आदिका बारेमा जानकारी दिने गर्दछ ।

विभिन्न व्यवसाय तथा उपभोक्ताहरुलाई पहिचान गर्नका लागि  मेरो रेटिङ डटकमले कम्पनीको रिभ्यू पढ्न, लेख्न र कम्पनीहरु फेला पार्ने मौका प्रदान गर्ने गर्दछ ।

यस सेवा मार्फत प्रयोगकर्ताहरुले लोकल व्यवसायी तथा प्रडक्टहरुको बारेमा पनि सजिलै थाहापाउन सक्छन् ।

मेरो रेटिङ डटकममा ब्लग पेज पनि उपलब्ध रहेको छ जहाँ व्यवसायिक विषयमा टिप्स, नयाँ घटनाहरुको अपडेट र विभिन्न विषयहरु बारे जानकारी प्रदान गर्ने गरिन्छ ।

तपाईले ठेगाना वा व्यवसायको नाम मात्रै राखेर अनलाइन मार्फत आफ्नो वरीपरी कस्ता व्यवसायहरु चलिरहेको छ भन्ने बारे जानकारी लिन सक्नुहुनेछ ।

साइटले ती व्यवसायहरु तपाईबाट कति दुरीमा रहेका छन् भनेर पनि देखाउने गर्दछ । रेटिङका आधारमा तपाईले सर्च रिजल्टलाई सर्ट पनि गर्न सक्नुहुनेछ ।