कीवर्डहरू -

१९ वर्षे युवाले पुरानो बाईकलाई मोडिफाई गरेर बनाए विद्युतीय बाईक, व्यावसायिक उत्पादन १ लाखमै

१९ वर्षे युवाले पुरानो बाईकलाई मोडिफाई गरेर बनाए विद्युतीय बाईक, व्यावसायिक उत्पादन १ लाखमै

१९ वर्षे नेपाली युवाले नेपालमै विद्युतीय मोटरसाइकल बनाएका छन् ।  मोरङका १९ वर्षिय मौसम झाले यमाहाको पूरानो बाईकलाई मोडिफाइ गरेर विद्युतीय बाईक बनाएका छन् ।

कक्षा ७-८ मा पढ्ने बेलादेखि नै झालाई मोटर राखेर साइकल बनाउने इच्छा थियो । त्यतिबेला पैसाको अभावमा बनाउन सकेनन् । तर पैसाको अभावमा मात्रै उनले आफ्नो इच्छा मर्न दिएनन् ।

फेरी उनलाई विद्युतीय बाईक बनाउने योजना आयो । त्यसका लागि उनले ज्ञान पनि सिक्दै गए र पैसा पनि जम्मा गर्दै आयो ।
७-८ कक्षामा पढ्दा जागेको इच्छाले आज उनलाई विद्युतीय बाईकसम्मको यात्रामा पुर्‍याएको छ । यमाहा बाईबीएक्स मोटरसाइकललाई विद्युतीय बाईकममा परिणत गरेको झाले बताए ।

\"\"

३ महिना अगाडि उनले विद्युतीय बाईक बनाउने योजना बनाएका थिए । तर नेपालमा सामान उपलब्ध नभएपछि सामान मगाएर बनाउँदा बनाउन ढिलो भएको उनले बताए ।

‘सामान आएपछि मैले २ हप्तामै विद्युतीय बाईक बनाएको हो,’ उनले आइसिटी समाचारसँग भने, ‘विद्युतीय मोटरसाइकल बनाउन भारत र अमेजनबाट सामान मगाएको थिए ।’

उनले १ महिना अगाडि नै यो मोटरसाइकल बनाएका हुन् । ब्याट्री, मोटर भातरबाट मगाएका हुन् भने अन्य थप आवश्यक सामान ई-कमर्स प्लेटफर्म अमेजनबाट मगाएका उनले बताए ।

यमाहाको बाईक उनले कवाडीबाट खरिद गरेका हुन् । त्यसमा पाइप बाहेक अरू केही नभएको उनले बताए । यमाहाको बाईकमा भएको काम नलाग्ने टायर फालेल नयाँ टायर हालेका हुन् ।

उनले बनाएपछि ४-५ सय किलोमिटर कुदायर परीक्षण पनि गरिसकेका छन् । यो एक पटक चार्ज गर्दा १०० किलोमिटरभन्दा माथि कुदाउन सकिन्छ ।

उनले विद्युतीय बाईक बनाउन आफ्नो बचत गरेको पैसाका साथै परिवारबाट पनि सहयोग लिएका छन् । कोही लगानीकर्ता आएमा व्यावसायीक रूपमै उत्पादन गर्ने उनको योजना छ ।

\"\"

अहिलेसम्म उनले १५-२० वटा अर्डर पनि पाइसकेका छन् । तर पैसाको अभावमा अहिले त्यसलाई बनाउन नसकिने बताए । उनी अगाडि भन्छन्, ‘सामान बल्कमा ल्याउनुपर्छ । त्यसका लागि धेरै पैसा चाहिन्छ । सामान बल्कमा ल्याउँदा सस्तोमा बनाउन सकिन्छ ।’

यसमा रिजेनेरेटिभ ब्रेकिङ फिचर पनि रहेको छ, जसले ब्रेक लिँदा ब्याट्री चार्ज गर्छ र जम्मा ३-४ किलोमिटर रेञ्ज वृद्धि हुन्छ ।

अहिलेको बाईकलाई राम्रो प्रतिक्रिया दिइरहेको उनको भनाइ छ । चढ्दा पनि कमफर्टेबल छ, राम्रो छ भन्ने प्रतिक्रिया झाले पाएका छन् । कलेजमा पनि राम्रै प्रतिक्रिया दिइरहेका छन् ।

यो बाईकलाई अझै राम्रो बनाउन सकिने उनले बताए । आफुसँग बचत भएको पैसा सबै यसमा खर्च गरेका छन् ।

यो विद्युतीय बाईकमा बीएलडीसी मोटर प्रयोग गरिएको छ । यसलाई ६० को स्पीडसम्म राखेर चलाउन सकिन्छ । यसले २ जनाको लोड धान्न सक्छ । यमा लिथियम आएन फस्टेट ब्याट्री राखिएको छ । जसको लाईफ ६ देखि ७ वर्षमसम्म रहेको छ । एक पटक चार्ज गर्दा २ युनिटसम्मको विद्युत खपत हुन्छ ।

बाईकलाई ५ देखि ६ घण्टामा चार्ज गर्न सकिन्छ । अहिले सानो एमपियरको चार्ज भएकाले ५-६ घण्टा चार्ज गर्न समय लाग्ने उनले बताए । ठूलो खालको एमपियर राखेमा २ घण्टामै चार्ज गर्न सकिने र ठूलो खालको एमपियरको मूल्य महंगो झा बताउँछन् ।

यो अगाडि र पछाडि चलाउन सकिने छ । उनलाई यो बाईक बनाउन १ लाख २५ हजार रूपैयाँ खर्च भएको छ तर व्यसायीक उत्पादन गर्दा १ लाख देखि १ लाख १० हजार रूपैयाँसम्ममा बनाउन सकिने उनले जानकारी दिए । उनी अहिले मनमोहन मेमोरियल पोलिटेक्निकमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढिरहेका छन् ।