कीवर्डहरू -

खल्तीबाट नेशनल लाइफको प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’

खल्तीबाट नेशनल लाइफको प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’

खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने भएको छ । दुई कम्पनीबीच खल्तीबाट प्रिमियम भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक दिने सम्झौता भएको हो ।

कम्पनीले ग्राहकलाई छिटोछरितो सेवा प्रवाह गर्ने लक्ष्यसहित यो व्यवस्था ल्याएको जनाएको छ ।

दुई कम्पनी बीचको सहकार्यपछि प्रिमियम वा जरिवाना तिर्न कार्यालय जाने समय नभएका ग्राहक लाभान्वित बन्ने खल्तीले दाबी गरेको छ ।

प्रयोगकर्ताले १० प्रतिशत क्यास ब्याक (१०० सम्म) पाउनका लागि ‘नेशनल १००’ प्रोमोकोड प्रयोग गर्नसक्ने बताइएको छ ।

यसका लागि प्रयोगकर्ताले खल्ती एपमा लगइन गरेर इन्स्योरेन्स आइकनमा जानुपर्छ । यसपछि, नेशनल लाइफ इन्स्यारेन्स छनोट गरी डीओबी र पोलिसी नम्बर भर्नुपर्ने कम्पनीले जनाएको छ ।

त्यसपछि सम्पूर्ण विवरण भरेर प्रोसिड टु पेमा क्लिक गरेपछि प्रक्रिया पूरा हुने बताइएको छ ।