कीवर्डहरू -

फागुन ३ गतेदेखि ‘स्टार्टअप वाईटेक क्यान इन्फोटेक २०१९’

फागुन ३ गतेदेखि ‘स्टार्टअप वाईटेक क्यान इन्फोटेक २०१९’

कम्युटर एशोसियसन अफ नेपाल क्यान महासंघ रुपन्देही को आयोजनामा बुटवलमा यहि फागुन ३ गतेबाट क्यान मेला आयोजना हुने भएका छ ।


क्यान महासंघ रुपन्देहीले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि ‘स्टार्ट वाईटेक क्यान ईन्फोटेक २०१९ ईन एशोसियसन विथ प्रभु पे ’ मेलाको मुख्य नाम दिईएको जानकारि गराएको हो । फागुन ३ देखि ७ गते सम्म ५ दिन बुटवल मण्डपमा मेला आयोजना हुने क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठले जानकारी दिए ।

क्यान महासंघ नेपालका केन्द्रीय बरिस्ठ उपाध्यक्ष नवराज कुवरले यस पटकको मेला विगतको भन्दा बढि सुचना मैत्री र आधुनिक हुने बताए । मेलामाा कल १५० स्टल रहने जनाएको छ । २ लाख ले अवलोकन गर्ने अपेक्षा गरिएको मेलाको प्रवेशमा विद्यार्थी को लागि ३० र अन्य सर्वसाधारण को लागि ५० रुपैयाँ टिकक राखिएको छ ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल ९ क्यान० महासंघको शाखा रुपन्देहीले आठौं क्यान इन्फोटेक २०१९ बुटवलमा आयोजना गर्ने भएको छ ।

सन् १९९२ मा स्थापना भएको क्यान महासंघले स्थापनाको तिन वर्षपछि सन् १९९५ देखि काठमाण्डौंमा आयोजना गर्दै आएको क्यान इन्फोटेकलाई केहि वर्ष देखि जिल्ला स्तरमा र यो बर्ष देखि प्रादेशिक रुपमा देशको सातै वटा प्रदेशको अस्थायी राजधानीहरुमा सञ्चालन गर्न लागेको हो । ‘


कम्प्युटर एशोसिएसन नेपाल महासंघ रुपन्देही शाखाले सन् २००२ देखी नै सुूचना प्रविधि सम्बन्धि जानकारी सर्वसाधारण सम्म पु¥याउने र लुम्बिनीलाई सूचना प्रविधि ग्रामको रुपमा विकास गर्ने लक्ष्य अनुरुप सन् २००२, २००५, २००७, २००९, २०११, २०१७ र २०१८ मा सूचना प्रविधि सम्बन्धि मेला क्यान इन्फोटेक सम्पन्न गरी सकेको छ । र यो आठौं संस्करण हो ।