कीवर्डहरू -

दराज र आइएमई पेबीच सम्झौता, ग्राहकलाई हरेक आइतबार १० प्रतिशत छुट

दराज र आइएमई पेबीच सम्झौता, ग्राहकलाई हरेक आइतबार १० प्रतिशत छुट

डिजिटल वालेट आइएमई पे र इ-कमर्श कम्पनी दराजबीच ‘दराज वालेट डे’ सम्झौता भएको छ ।

हरेक आइतबार दराज वालेट डे आयोजना हुने र आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउन सकिने जनाइएको छ ।

साथै, प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत छुट (३५० र ५०० रुपैयाँसम्म) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ ।

सम्झौतामा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका हुन् ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक बस्नेतले पुरानो र नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन गरेको बताए ।

यस्तै, दराजका भुक्तानी र साझेदारी प्रमुख फुँयालले दराजमा आइएमई पे एपमार्फत भुक्तानी गर्दा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा लिन सकिने बताए ।